back
NMB ad

एलआईसी नेपालको नाफा साढे १२ करोड, खुद बीमाशुल्क कति ?

Kumari bank ad

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालले गत आर्थिक वर्ष चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।

सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म कम्पनीको खुद बीमाशुल्क आर्जन १७ अर्ब ३९ करोड रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ४.११ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको बीमाशुल्क आर्जन १८ अर्ब १३ करोड रुपैयाँ रहेको थियो।

समीक्षा अवधिसम्म कम्पनीको लगानी, कर्जा तथा अन्यबाट हुने आय बढेर ७ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आय ६ अर्ब ६१ करोड रुपैयाँ रहेको थियो।

यो अवधिसम्म कम्पनीले ८ अर्ब ९६ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १.०७ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ९ अर्ब ६ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो।

समीक्षा अवधिसम्म कम्पनीको जीवन बीमा कोषको आकार १४.७९ प्रतिशतले बढेर १ खर्ब ७ अर्ब रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष यस्तो कोषमा ९३ अर्ब ६३ करोड रुपैयाँ थियो। कम्पनीको रिजर्भको आकार १०७.१७ प्रतिशतले बढेर १ अर्ब २७ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म रिजर्भमा ६१ करोड ५५ लाख रुपैयाँ थियो।

चौथो त्रैमाससम्म कम्पनीले १२ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले ८ करोड ७४ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।

चुक्तापुँजी २ अर्ब ६५ करोड रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ४.७ रुपैयाँ कायम भएको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १६४.२५ रुपैयाँ रहेको छ।

वि.सं.२०८० साउन २९ सोमवार १३:१८ मा प्रकाशित

You can share this post!

सेयर बजारमा हरियाली, यी कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा हरियाली, यी कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ जेठ १ मंगलवार १५:१३

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

छ कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

छ कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ १ मंगलवार १५:०५

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कम्पनी सचिव नियुक्त

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कम्पनी सचिव नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १४:५४

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कम्पनी सचिवमा बरिष्मा साउद आचार्य...

गिरीबन्धुका चिया मजदूरले पाएनन् पारिश्रमिक   

गिरीबन्धुका चिया मजदूरले पाएनन् पारिश्रमिक   

वि.सं.२०८१ जेठ १ मंगलवार १४:३८

झापा, १ जेठः विर्तामोडस्थित गिरीबन्धु टी–स्टेटका मजदूरहरुले तीन महिनादेखि पारिश्रमिक...

चालु आर्थिक वर्षको दश महिनामा ६० प्रतिशत बजेट खर्च   

चालु आर्थिक वर्षको दश महिनामा ६० प्रतिशत बजेट खर्च   

वि.सं.२०८१ जेठ १ मंगलवार १४:०५

काठमाडौँ, १ जेठः चालु आर्थिक वर्षको १० महिनामा सरकारको बजेट...

धितोपत्र व्यवसायीको कमिसन घट्यो, आजबाट लागू हुने   

धितोपत्र व्यवसायीको कमिसन घट्यो, आजबाट लागू हुने   

वि.सं.२०८१ जेठ १ मंगलवार १३:५९

काठमाडौँ, १ जेठः नेपाल धितोपत्र बोर्डले आजबाट लागू हुनेगरी धितोपत्र...