back
NMB ad

अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ बाँडफाँड, कति जनाले पाए सेयर ?

Kumari bank ad

काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार आज काजीको किचेन बत्तिसपुतलीमा बाँडफाँड भएको हो ।

कम्पनीको आईपीओमा १३ लाख ४३ हजार २६ जनाले १ करोड ५१ लाख ३२ हजार २१० कित्ताका लागि आवेदन दिएका हुन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ७.७४ गुणा बढी हो ।

मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड भएको छ । त्यस अनुसार योग्य आवेदक मध्ये १ लाख ९५ हजार ३२७ जनालाई १० कित्ताका दरले १९ लाख ५३ हजार २७० कित्ता शेयर वितरण गरीएको छ ।

बाँकी रहेको ९ कित्ता शेयर भने २० देखि २५ हजार कित्तासम्म आवेदन दिएकाहरुलाई थप १ कित्ताका दरले वितरण गरिएको छ । त्यस अनुसार भाग्यमानी ९ जना आवेदकले ११ कित्ताका दरले शेयर पाएका छन् ।

कम्पनीले जारी पूँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९ प्रतिशत अर्थात १९ लाख ८८ हजार २३६ कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशनका लागि छुट्याएको थियो। सोमध्ये १ लाख ९८ हजार ८२४ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ भने ३९ हजार ७६५ कित्ता शेयर कर्मचारीहरुका लागि र ९९ हजार ४१२ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा आवेदन नपरेको कुल १९ लाख ५३ हजार २७९ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।

वि.सं.२०८० साउन २९ सोमवार १७:१० मा प्रकाशित

You can share this post!

वर्षासँगै काठमाडौँको प्रदूषण कम हुँदै   

वर्षासँगै काठमाडौँको प्रदूषण कम हुँदै   

वि.सं.२०८१ वैशाख ३० आइतवार १६:१४

काठमाडौँ, ३० वैशाख : काठमाडौँ उपत्यका वायु प्रदूषणको हिसाबले आज...

सेयर बजार ८ अंकले बढ्दा, एक कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजार ८ अंकले बढ्दा, एक कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ वैशाख ३० आइतवार १५:१३

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख ३० आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

काठमाडौँ महानगरपालिकाले नियमित विवरण अद्यावधिक नगर्ने सहकारीलाई कारबाही गर्ने

काठमाडौँ महानगरपालिकाले नियमित विवरण अद्यावधिक नगर्ने सहकारीलाई कारबाही गर्ने

वि.सं.२०८१ वैशाख ३० आइतवार १४:४८

काठमाडौँ, ३० वैशाखः काठमाडौँ महानगरपालिकाले आफ्नो कार्य क्षेत्रमा सञ्चालित केही...

प्रभु बैंक र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युटबीच सम्झौता

प्रभु बैंक र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युटबीच सम्झौता

वि.सं.२०८१ वैशाख ३० आइतवार १४:४४

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई काठमाडौ, बसुन्धरा...

१९.८ प्रतिशतले बढ्यो रेमिट्यान्स

१९.८ प्रतिशतले बढ्यो रेमिट्यान्स

वि.सं.२०८१ वैशाख ३० आइतवार १४:३१

काठमाडौं । समीक्षा अवधिमा विप्रेषण आप्रवाह १९.८ प्रतिशतले वृद्धि भई...