back
NMB ad

८७.१७ प्रतिशतले बढ्यो आइएमई लाइफको नाफा, हेर्नुहोस् कुन सूचक कस्ता छन् ?

Kumari bank ad

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

प्रकाशित विवरण अनुसार गत वर्ष कम्पनीले २४ करोड ८ लाख खुद नाफा आर्जन गरेको छ भने अघिल्लो आर्थिक वर्षको सोही अवदीमा १२ करोड ८६ लाख नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा नाफा ८७.१७ प्रतिशतले बृद्धि भएको छ ।

यस अवधिमा कम्पनीले १ अर्ब ६ करोड खुद दावी भुक्तानी गरेको छ । त्यसैगरी अभिकर्ता कमिशन बापत ४६ करोड ४२ लाख र व्यवस्थापन खर्च बापत ५२ करोड ३९ लाख खर्च गरेको छ ।

यस अवधिमा कम्पनीले ४ अर्ब १ करोड खुद वीमाशुल्क आर्जन गरेको छ भने अघिल्लो आर्थिक बर्षको सोही अवधिमा ३ अर्ब ४४ करोड खुद बीमाशुल्क आर्जन गरेको थियो । कम्पनीले लगानी, कर्जा तथा अन्य आय बढेर ६४ करोड २२ लाख र बीमालेख धितो कर्जाबाट ५ करोड ३८ लाख आर्जन गरेको छ ।

हाल कम्पनीको चुक्तापुँजी ४ अर्ब रहेको छ भने जगेडा कोषमा २ अर्ब ७१ करोड रहेको छ । केही समय अघि मात्र कम्पनीले प्रिमियममा आइपिओ जारी गरेको थियो जसको कारण जगेडाकोष २४९ प्रतिशतले बढेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ६.०२ रुपैयाँ रहेको छ भने नेटवर्थ १७१.०५ रुपैयाँ रहेको छ ।

वि.सं.२०८० साउन ३० मंगलवार ११:०२ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...