back
NMB ad

६ बीमा कम्पनीलाई हकप्रद जारी गर्न प्राधिकरणको सहमति, कसले कति जारी गर्ने ?

Kumari bank ad

काठमाडौं। चुक्ता पुँजि नपुर्याउने आधा दर्जन बीमा कम्पनीलाई हकप्रद सम्बन्धी प्रक्रिया अघि बढाउन नेपाल बीमा प्राधिकरणले सहमति दिने निर्णय गरेको छ ।

नेपाल बीमा प्राधिकरणको बुधबार बसेको सञ्चालक समितिको बैठकले ६ वटा बीमा कम्पनीलाई हकप्रद सेयर जारी गर्न अनुमति दिने निर्णय गरेको हो। पहिलो चरणमा मर्ज भएर पनि तोकेको पुँजी नपुगेका ३ वटा जीवन बीमा र ३ वटा निर्जीवन बीमा कम्पनीलाई हकप्रद सेयर जारी गर्ने अनुमति दिने प्राधिकरणले निर्णय गरेको छ।

पधिकरणको सहमतिसँगै पहिलो चरणमा सानिमा रिलायन्स लाइफ, सूर्यज्योति लाइफ, प्रभु महालक्ष्मी लाइफ, युनाइटेड अजोड, सानिमा जीआईसी इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सलाई हकप्रद सेयर निकाल्न दिने निर्णय गरेको प्राधिकरणले गरेको छ। यी कम्पनीलाई न्यूनतम १० प्रतिशतदेखि २५ प्रतिशतसम्म हकप्रद सेयर निष्कासनको अनुमति दिइने प्राधिकरणले जानकारी दिएको छ ।

‘पुँजी पुर्याउन सानिमा रिलायन्सलाई १९.५० प्रतिशत, सूर्यज्योतिलाई १० प्रतिशत, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सलाई २१.९५ प्रतिशत, युनाइटेड अजोडलाई २३.२६ प्रतिशत, सानिमा जीआईसी इन्स्योरेन्सलाई २५ प्रतिशत र हिमालयन एभरेष्टलाई ११.६१ प्रतिशत हकप्रद ल्याउनुपर्ने देखिन्छ’, ती अधिकारीले भने, ‘सोहीबमोजिम हकप्रद ल्याउन उनीहरुलाई अनुपाति दिने निर्णय भएको छ।’

प्राधिकरणले जीवन बीमा कम्पनीका लागि ५ अर्ब र निर्जीवन बीमा कम्पनीका लागि २ अर्ब ५० करोड रुपैयाँ न्यूनतम पुँजी तोकेको छ।

वि.सं.२०८० साउन ३२ बिहीवार १०:१३ मा प्रकाशित

You can share this post!

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

वि.सं.२०८१ जेठ १२ शनिवार ०७:१०

काठमाडौँ : रौतहटको श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालन गर्न सहमति...

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:५२

मध्यविन्दु (नवलपरासी) : नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–३ मा...

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:४२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १५:१५

काठमाडौँ, ११ जेठ : डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको...

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:५७

काठमाडौँ, ११ जेठः नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव...

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:३६

गलेश्वर (म्याग्दी), ११ जेठ : हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित निलगिरि...