back
NMB ad

सोल्टी होटेलको नाफा ८३.४० प्रतिशतले बढ्यो, यस्ता छन् अन्य सूचक

Kumari bank ad

काठमाडौं । सोल्टी होटेलले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

प्रकाशित विवरण अनुसार समीक्षा अवधिसम्म होटेलले ५४ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ८३.४० प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म होटेलले २९ करोड ७२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिसम्म सोल्टीले होटेल व्यवसायबाट कुल २ अर्ब २४ करोड रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म होटेलले १ अर्ब ३६ करोड रुपैयाँ आम्दानी गरेको थियो । समीक्षा अवधिमा होटेलको आम्दानी पनि ६४.२७ प्रतिशतले बढेको छ।

यस अवधिसम्ममा होटेलले ६८ करोड ४० लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ३३ करोड ३७ लाख रुपैयाँ थियो। सञ्चालन मुनाफा पनि १०४.९७ प्रतिशतले बढेको छ।
समीक्षा अवधिमा सोल्टी होटेलको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ६.१६ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ४.२० रुपैयाँ थियो। होटेलको प्रतिसेयर नेटवर्थ २३.६८ रुपैयाँ रहेको छ।

चुक्तापुँजी ८८ करोड ४७ लाख रुपैयाँ रहेको सोल्टी होटेलको रिजर्भको आकार ३६.४७ प्रतिशतले बढेर १ अर्ब २१ करोड रुपैयाँ पुगेको छ।

वि.सं.२०८० साउन ३२ बिहीवार ११:१६ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...