back
NMB ad

छुट्टै वित्तीय सहकारी ऐन ल्याउन माग   

Kumari bank ad

काठमाडौँ, ३२ साउन ।   नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कुन)ले छुट्टै वित्तीय सहकारी ऐन ल्याउन माग गरेको छ । नेफ्स्कुन को ३६औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सो संस्थाले सहकारी क्षेत्रलाई थप व्यवस्थित बनाउनका लागि छिटो ऐन ल्याउन सो माग गरेको हो ।

नेफ्स्कुनका अध्यक्ष परितोष पौड्यालले वित्तीय सहकारी ल्याउने विषयमा पटक–पटक पहल भए पनि ल्याउन नसक्दा सरकारी क्षेत्रमा समस्या भएको बताउनुभयो ।

वित्तीय सहकारी अभियानको अवको यात्रा सुशासन र सुरक्षा भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सहकारी क्षेत्रमा अग्रसर सबैले आ–आफ्नो सहकारी संस्था, सहकारी सिद्धान्त र मूल्य मान्यतालाई आत्मसाथ गरी स्वनियमनमा रही सञ्चालन गर्नुपर्दछ ।”

उहाँले ढिलै भए पनि नेपालको सहकारी क्षेत्रमा स्थिरीकरण कोषको अवधारणाले मूर्तरुप लिएको बताउनुभयो । नेपालको नयाँ सहकारी ऐन, २०७४ मा स्थिरीकरण कोषसमबन्धी व्यवस्था गरिएको छ । नेपालको संविधान, २०७२ को धारा ५० उपधारा (३) मा “शोषणरहित समाजको निर्माण गर्न राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर, स्वतन्त्र तथा उन्नतिशील बनाउँदै समाजवाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्ने राज्यको आर्थिक उद्देश्य हुनेछ” भनि उल्लेख गरिएको छ ।
सो अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले वित्तीय सहकारी अभियानलाई सार्थक बनाउँदै थप उचाइमा पु¥याउनका लागि सो क्षेत्रका सरोकारवाला व्यक्ति नै सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय सहकारी महासङ्घका निवर्तमान अध्यक्ष केशवप्रसाद बडालले सहकारीको विश्व सञ्जाल र नेपालको सहकारी अभियानलाई समन्वय गरी अगाडि बढ्नुपर्ने बताउनुभयो ।

वि.सं.२०८० साउन ३२ बिहीवार १४:१९ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...