back
NMB ad

कोशी प्रदेशमा सभाध्यक्षले पनि दिए थापालाई विश्वासको मत

Kumari bank ad

बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सभाध्यक्षलाई दुरुपयोग गर्दै विश्वासको मत पाएका छन् ।

प्रदेशसभा बैठकको अध्यक्षता गरेका इस्राइन मन्सुरीले नेकपा एमालेका प्रदेशसभा सदस्यहरुको नाराबाजीका बीच मुख्यमन्त्री थापाको विश्वासको मत लिने प्रस्तावको पक्षमा बहुमत अर्थात ४७ मत परेको घोषणा गरेका हुन् । प्रस्तावको विपक्षमा ३० मत परेको थियो ।

१६ साउनमा मुख्यमन्त्री नियुक्त भएका थापाले ३ भदौमा विश्वासको मत लिन चाहेका थिए । तर ४ गतेका लागि बैठक तोकेकी उपसभामुख सृजना दनुवार सोमबार विहान उपचारका लागि भन्दै काठमाडौं हिँडिन् ।

त्यसअघि अध्यक्ष मण्डलका सदस्य इस्राइन मन्सुरीलाई बैठक सञ्चालनको जिम्मेवारी तोकेकी थिइन् । मन्सुरीले अध्यक्ष मण्डलको सदस्यका हैसियतमा प्रदेशसभा बैठक सञ्चालन गरे । मत विभाजन हुँदै गरेको बेला सभामुख परिवर्तन गरी मन्सुरीले विश्वासको मत दिएका छन् ।

अध्यक्ष मण्डलकी अर्की सदस्य गीतालाई सभामुखको आसनमा बसाई मन्सुरीली विश्वासको मत दिएका हुन् । मत फिर्ता लिने समय चलिरहेका बेला उनले तिम्सिनालाई अध्यक्षता ग्रहण गर्न बोलाएका थिए । आफैंले दिएको मत समेत जोडेर उनले मुख्यमन्त्री थापाले विश्वासको मत पाएको घोषणा गरे ।

वि.सं.२०८० भदौ ४ सोमवार १८:१६ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र फिट लाईफ क्लबबीच सम्झौता

कुमारी बैंक र फिट लाईफ क्लबबीच सम्झौता

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:१३

काठमाडौं । कुमारी बैंक लिमिटेड र टिकापुर, कैलाली स्थित फिट...

सरकारद्वारा संसद्लाई नीति तथा कार्यक्रमको तयारीको जानकारी   

सरकारद्वारा संसद्लाई नीति तथा कार्यक्रमको तयारीको जानकारी   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:५७

काठमाडौँ, ३० वैशाख : सरकारले सभामुख देवराज घिमिरे सहित संसदमा...

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन   

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:४२

काठमाडौँ, ३० वैशाख : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ऊर्जा...

आफ्नै नाममा रहेको कीर्तिमान तोड्दै २९औँ पटक सगरमाथाको चुचुरोमा कामिरिता शेर्पा  

आफ्नै नाममा रहेको कीर्तिमान तोड्दै २९औँ पटक सगरमाथाको चुचुरोमा कामिरिता शेर्पा  

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:२७

काठमाडौँ, ३० वैशाख : आरोही कामिरिता शेर्पाले आज बिहान २९औँ...

काठमाडौँ उपत्यकाका उद्योग अन्यत्र सार्नुपर्छः मन्त्री भण्डारी   

काठमाडौँ उपत्यकाका उद्योग अन्यत्र सार्नुपर्छः मन्त्री भण्डारी   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:०३

काठमाडौँ, ३० वैशाखः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले काठमाडौँ...

वर्षासँगै काठमाडौँको प्रदूषण कम हुँदै   

वर्षासँगै काठमाडौँको प्रदूषण कम हुँदै   

वि.सं.२०८१ वैशाख ३० आइतवार १६:१४

काठमाडौँ, ३० वैशाख : काठमाडौँ उपत्यका वायु प्रदूषणको हिसाबले आज...