back
NMB ad

जोशी हाइड्रोपावरले ६५ प्रतिशत हकप्रद जारी गर्ने, पारित गर्न बोलायो साधारण सभा

Kumari bank ad

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आठौँ वार्षिक साधारणसभा बोलाएको छ।

कम्पनी सञ्चालक समितिको भदौ ८ गते शुक्रबार बसेको बैठकले वार्षिक साधारणसभा यही भदौ ३१ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको नक्सालस्थित लिसारा बैंक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले कम्पनीको जारी पुँजीको १ः०.६५ अनुपातमा अर्थात ६५ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ। विद्युत नियमन आयोगले गत साउन १५ गते यो कम्पनीलाई हकप्रद सेयर जारी गर्ने प्रस्ताव वार्षिक साधारणसभा पेस गर्न अनुमति दिएको थियो।

हकप्रद जारीपछि कम्पनीको पुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र निमायवलीमा संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

सभाले आर्थिक वर्ष २०७८/७९को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ।वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले भदौ १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ भदौ १७ गतेसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीको साधारणसभा भाग लिन पाउनेछन्।

वि.सं.२०८० भदौ १० आइतवार ११:५८ मा प्रकाशित

You can share this post!

नीति तथा कार्यक्रममाथि शुक्रबार छलफल हुने  

नीति तथा कार्यक्रममाथि शुक्रबार छलफल हुने  

वि.सं.२०८१ जेठ ८ मंगलवार १३:५९

काठमाडौँ, ८ जेठः सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि...

राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव सर्वसम्मतबाट पारित   

राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव सर्वसम्मतबाट पारित   

वि.सं.२०८१ जेठ ८ मंगलवार १३:५५

काठमाडौँ, ८ जेठ : प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलद्वारा...

४५ सशस्त्र प्रहरीद्वारा कुश्मामा बञ्जीजम्प   

४५ सशस्त्र प्रहरीद्वारा कुश्मामा बञ्जीजम्प   

वि.सं.२०८१ जेठ ८ मंगलवार १३:४३

काठमाडौँ, ८ जेठः सशस्त्र प्रहरीका ४५ जना प्रशिक्षार्थी अधिकृतले कुश्माको...

चालु आर्थिक वर्षमा बङ्गलादेशको अर्थतन्त्र ५.८२ प्रतिशतले बढ्ने अनुमान   

चालु आर्थिक वर्षमा बङ्गलादेशको अर्थतन्त्र ५.८२ प्रतिशतले बढ्ने अनुमान   

वि.सं.२०८१ जेठ ८ मंगलवार १३:३३

ढाका, ८ वैशाख : चालु आर्थिक वर्ष २०२३ जुलाई–०२४ जुनमा...

संसद्को गतिरोध अन्त्य गर्न कांग्रेसलाई अध्यक्ष ओलीको आग्रह   

संसद्को गतिरोध अन्त्य गर्न कांग्रेसलाई अध्यक्ष ओलीको आग्रह   

वि.सं.२०८१ जेठ ८ मंगलवार १३:१६

विराटनगर, ८ जेठः नेपाल कम्युनिष्ट पार्टी(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले...

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

वि.सं.२०८१ जेठ ८ मंगलवार १२:५५

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी...