back
NMB ad

अमेरिकालाई सूचना दिएको आरोपमा अमेरिकी वाणिज्य दूतावासका पूर्वकर्मचारीलाई पक्राउ   

Kumari bank ad

मस्को, ११ भदौ । युक्रेन द्वन्द्वबारे अमेरिकी कूटनीतिज्ञलाई सूचना दिएको आरोपमा मस्कोले भ्लादिभोस्तोकस्थित अमेरिकी वाणिज्य दूतावासका पूर्वकर्मचारी रहेकारूसी नागरिकलाई पक्राउ गरेको छ ।

सङ्घीय सुरक्षा सेवा (एफएसबी) ले एक विज्ञप्ति जारी गर्दै रोबर्ट रोबर्टोभिच शोनोभलाई मस्कोस्थित अमेरिकी दूतावासका लागि सूचनादाता भएको आरोप लगाएको छ ।

मस्को र वासिङ्टनबीचको तनावपूर्ण सम्बन्ध, विशेषगरी युक्रेनमा जारी द्वन्द्वलाई लिएर दबाब सिर्जना गर्ने कूटनीतिक विवादको शृङ्खलाको यो पछिल्लो घोषणा हो ।

एफएसबीका अनुसार शोनोभले गत वर्ष सेप्टेम्बरमा अमेरिकी कूटनीतिज्ञहरूलाई द्वन्द्व र परिचालनबारे जानकारी दिन सुरु गरेका थिए ।

शोनोभलाई अर्को वर्ष हुने राष्ट्रपतीय चुनावअघि रूसका क्षेत्रहरूमा विरोधको भावना मापन गर्ने जिम्मेवारी दिइएको थियो ।

शोनोभले मस्कोस्थित अमेरिकी दूतावासको राजनीतिक विभागका दुई कूटनीतिज्ञ जेफरी सिलिन र डेभिड बर्नस्टिनलाई सोधपुछ गर्ने योजना बनाएको एफएसबीले जनाएको छ ।

रुस र पश्चिमा देशहरू, विशेष गरी संयुक्त राज्य अमेरिकाबीच कूटनीतिक तनाव केही वर्षदेखि बिग्रँदै गएको छ र दुवै पक्षले एक अर्कालाई कूटनीतिक सुविधाहरूमा कर्मचारी सङ्ख्या कटौती गर्न आदेश दिएका छन्, जसले उनीहरूको कार्यहरूमा बाधा पु¥याएको छ ।

वि.सं.२०८० भदौ ११ सोमवार १३:४० मा प्रकाशित

You can share this post!

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कम्पनी सचिव नियुक्त

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कम्पनी सचिव नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १४:५४

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कम्पनी सचिवमा बरिष्मा साउद आचार्य...

गिरीबन्धुका चिया मजदूरले पाएनन् पारिश्रमिक   

गिरीबन्धुका चिया मजदूरले पाएनन् पारिश्रमिक   

वि.सं.२०८१ जेठ १ मंगलवार १४:३८

झापा, १ जेठः विर्तामोडस्थित गिरीबन्धु टी–स्टेटका मजदूरहरुले तीन महिनादेखि पारिश्रमिक...

चालु आर्थिक वर्षको दश महिनामा ६० प्रतिशत बजेट खर्च   

चालु आर्थिक वर्षको दश महिनामा ६० प्रतिशत बजेट खर्च   

वि.सं.२०८१ जेठ १ मंगलवार १४:०५

काठमाडौँ, १ जेठः चालु आर्थिक वर्षको १० महिनामा सरकारको बजेट...

धितोपत्र व्यवसायीको कमिसन घट्यो, आजबाट लागू हुने   

धितोपत्र व्यवसायीको कमिसन घट्यो, आजबाट लागू हुने   

वि.सं.२०८१ जेठ १ मंगलवार १३:५९

काठमाडौँ, १ जेठः नेपाल धितोपत्र बोर्डले आजबाट लागू हुनेगरी धितोपत्र...

भारतमा आँधीका कारण १४ जनाको मृत्यु   

भारतमा आँधीका कारण १४ जनाको मृत्यु   

वि.सं.२०८१ जेठ १ मंगलवार १२:२९

नयाँदिल्ली, १ जेठ : भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा सोमबार राति...

मन्त्रिपरिषद् बैठक : नीति तथा कार्यक्रम पारित   

मन्त्रिपरिषद् बैठक : नीति तथा कार्यक्रम पारित   

वि.सं.२०८१ जेठ १ मंगलवार १२:२५

काठमाडौँ, १ जेठः सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम...