back
NMB ad

श्रीनगर एग्रिटेकले १३ लाख कित्ता आईपीओ निष्काशन गर्ने

Kumari bank ad

काठमाडौं । श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ।

कम्पनीले आफ्नो जारी पुँजीको १३ प्रतिशतले हुन आउने १३ करोड रुपैयाँबराबरको आईपीओ ल्याउन लागेको हो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १३ लाख कित्ता आईपीओ बिक्री गर्नेछ।

कम्पनीले आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ। यसम्बन्धी सम्झौतापत्रमा श्रीनगर एग्रिटेकका तर्फबाट प्रबन्ध निर्देशक सतिशचन्द श्रेष्ठ र नबिल इन्भेस्टमेन्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले हस्ताक्षर गरेका छन्।

श्रीनगर एग्रिटेक कम्पनी ऐन २०६३ बमोजिम कम्पनी रजिस्टारको कार्यालयमा बिधिवत दर्ता भई सञ्चालनमा रहेको छ। कम्पनीको रजिस्टार कार्यालय काठमाण्डौको टंगालमा रहेको छ। यो कम्पनी नेपालकै पहिलो आईएसओ ९००१ः२०१५ प्रमाणित एकीकृत कृषि व्यवसाय हो।

एग्रिटेक इन्डस्ट्रिजले कृषिअन्तर्गतको व्यवसाय सन् २००२ मा श्रीनगर एग्रो फार्मको स्थापनाबाट सुरु गरेको थियो। फार्मअन्तर्गत ह्याचरी तथा ब्रिडरबाट कुखुराको चल्ला उत्पादन गर्दै सन् २०१७ देखि श्रीनगर एग्रिटेक इन्डस्ट्रिज प्रालिबाट आवश्यक पर्ने दाना तथा आहारको उत्पादनको कार्य सुरु गर्दै कम्पनीले शुद्धोधन–४ रुपन्देहीमा दाना कारखाना, व्यावसायिक कृषि फार्म स्थापना गरेको छ र पाल्पाको तेल्घामा ब्रिडर फार्म सञ्चालनमा ल्याएको छ।

कम्पनीले व्यापार विस्तारको क्रममा बुटवलमा वधशालाको स्थापना गर्ने योजना गरेको छ। कम्पनीले भविष्यमा प्रशोधित मासु उपभोत्तामाझ ल्याउनका लागि प्रशोधन केन्द्र तथा शितभण्डारको स्थापना गर्ने योजना रहेको छ।

कम्पनीले श्रीकिसान इनोभेसन हवको माध्मयबाट किसानहरुको क्षमता अभिवृद्धि गर्नका लागि समय–समयमा तालिम प्रदान गर्नुका साथै आफ्ना ग्राहकलाई कृषिखेती, पशुपन्छी पालन तथा व्यवसायसँग सम्बन्धित अन्य कार्य र प्राविधिक सहयोग उपलब्ध गराउँदै आइरहेको छ।

उक्त सम्झौतामा नबिल इन्भेस्टमेन्ट बैंकिङले श्रीनगर एग्रिटेकको सेयर सार्वजनिक निष्कासनसम्बन्धी कार्य सम्पन्न गर्नका लागि आवश्यक पूर्वतयारीमा रहेको जनाएका छ। पूर्वतयारी सम्पन्न भएपछि नियामक निकायहरुबाट सेयर निष्कासनका लागि अनुमति माग गरिने कम्पनीले जनाएको छ।

वि.सं.२०८० भदौ १२ मंगलवार १६:५२ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ ८ मंगलवार ०६:२७

काठमाडौँ, ८ जेठ: हाल देशमा स्थानीय र पश्चिमी वायुका साथै...

मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी   

मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी   

वि.सं.२०८१ जेठ ८ मंगलवार ०६:११

कर्णाली : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति...

आज ८ जेठ २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज ८ जेठ २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ जेठ ८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

वि.सं.२०८१ जेठ ७ सोमवार १८:००

काठमाडौं । महालक्ष्मी विकास बैंक आज २०८१ जेष्ठ ७ गतेदेखि...

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

वि.सं.२०८१ जेठ ७ सोमवार १७:४३

काठमाडौँ, ७ जेठ : चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले...

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

वि.सं.२०८१ जेठ ७ सोमवार १७:१६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का...