back
NMB ad

जुलुसै गएसरि विपीको घरमा टिका लगाईन्थ्यो

Kumari bank ad

 

हरिशरण न्यौपाने ।

म सबैभन्दा कान्छो दशैंमा टिका लगाउँदा सबैभन्दा पुछारमा परिन्थ्यो

म ८० वर्ष पुगें । ६० वर्षको विगत मैले अलि–अलि भन्न सक्छु । मेरो बुबाको सन्तानमा म सबैभन्दा कान्छो हुँ । बुबा र दुई आमाहरु हुनुहुन्थ्यो । हामी ८ दाजुभाई दुई दिदीहरु हुनुहुन्थ्यो । म सबैभन्दा कान्छो भएकाले दशैंमा टिका लगाउँदा सबैभन्दा पुछारमा परिन्थ्यो । हेरेको हेर्यै गर्नुपर्दथ्यो ।

सबै जम्मा भएपछि सुत्ने ठाउँ नभएर घरको छतमा सुतिन्थ्यो । त्यस्तै सुत्दाखेरी पनि बिछ्यौना र कोठा, खाट पाईदैनथ्यो । अनि गुन्टा (डसना) लिएर छतमा कुन ठाउँ खाली छ त्यहाँ गएर सुतिन्थ्यो । ठूलो परिवार त्यसमा म सबैभन्दा कान्छो भएकाले त्यस्तो थियो ।

इतिहाँस उल्टियो अहिले म सबैभन्दा जेठो

हेर्दा हेर्दै इतिहास उल्टियो । पहिले टिका लगाउँदा त्यस्तो पुछारको व्यक्ति अहिले म काठमाडौमा सबैभन्दा जेठो भएको छु । घरमूलीको दृष्टिकोणले एक दाजु, भाउजु त हुनुहुन्छ । तर काठमाडौको दृष्टिकोणले घरमूलीकोरुपमा म रहेको छु ।

जुलुसै गएसरि विपीको घरमा गएर टिका लगाईन्थ्यो

हाम्रो विपी, मातृका कोईरालासँग नाता पर्छ । बुबा रहुञ्जेलसम्म हामी घरमा टिका लगाउँदथ्यौं । अनि परिवारका सबै अर्थात् बथानै बनाएर बुबाको पछिपछि विपीको घरमा टिका लगाउन जान्थ्यौं । मातृका र विपीको आमा अलग–अलग हुनुहुन्थ्यो । विपीको बुबा मेरो बुबाको मामा हुनुहुन्थ्यो । स–परिवार बुबाको पछिपछि विपीको आमा अर्थात् हजुरआमा भएको ठाउँमा टिका लगाउन जान्थ्यौं ।
घरमा टिका लगाएर केहि नखाईकन विपीको घरमा टिका लगाउन जान्थ्यौं । बुबाको हातबाट टिका लगाएपछि जुलुसै लिएर कोईराला निवासमा टिका लगाउन जान्थ्यौं । टिकाको दिनमा हाम्रो घरमा भात पाक्दैनथ्यो ।

गिरिजा प्रधानमन्त्री भएपछि विपीको घरमा टिका लगाउन छाडियो

पञ्चायती व्यवस्था रहुञ्जेलसम्म हामी र कोईराला त्यस्तो सम्बन्ध रह्यो । दशैमा टिका थाप्न जान्थ्यौं । जब २०४६ सालको आन्दोलन सफल भएपछि गिरिजाबाबु प्रधानमन्त्री हुनुभयो, हामी कोईराला परिवारमा टिका थाप्न जान बन्द भयो । करिब २८ वर्षसम्म दशैंको टिका थाप्न कोईराला परिवारमा गईयो । उहाँ प्रधानमन्त्री भएपछि बन्द गर्यौं ।

विपी र मेरो बुबाको विचार एउटै थियो

एक त नाता, दोस्रो विपीको बाबालाई पिताजी भन्ने गरिन्थ्यो । पिताजी नातासँगै राजनीतिक दृष्टिकोणले मेरो बुबा असाध्यै मिल्ने हुनुहुन्थ्यो । बुबा र उहाँ एउटै भान्सा गरेर दुई÷चार वर्ष सँगै बसेको पनि भन्नुहुन्थ्यो । पछिल्ला वर्षमा नाता त रह्यो । तर विचार चाँहि एक अर्काे ट्याक्र्याक्कै प्रतिपक्षि रह्यो । विपी र बुबाको विचार एउटै थियो । उहाँको विचार पनि मिल्ने नाता पनि मिल्ने, हामीसँग आएपछि नाता मिल्ने विचार नमिल्ने त्यस्तो रमाईलो भयो ।

त्यो बेला बहुत् रमाईलो हुन्थ्यो । विपीको घरमा बसेर टिका लगाउँदाको बेला जस्तो रमाईलो अहिले छैन । बहुदल आयो हामी सत्तामा आयौं, मन्त्री भयौं । स्थापीत भयौं । तर विराटनगरको दशैंको त्यो बेलाको रमाईलो त्यो अहिले छंदैछैन ।

बहुदल आयो, गणतन्त्र आयो, तर समाजमा भावना कमजोर भयो

हामी विराटनगरमा स्कूल पढ्दा स्वयंसेवक दल बनाउँथ्यौं । कालीकोथानमा जमरा राखिन्थ्यो । त्यहाँको जमरा घर–घरमा पुर्याइन्थ्यो । बिद्यार्थीहरुको स्वयंसेवक दल बनाएर लाईन लगाउने, अन्य सेवा गर्दथ्यौं । दशैं, तिहारमा उत्साह उमंग हुन्थ्यो । रमाईलो हुन्थ्यो, अहिले त्यो छैन । बहुदल आयो, गणतन्त्र आयो । तर समाजमा भावना कमजोर भइगयो । मानिसमा विश्वास र आस्था, श्रद्धा टुटेको छ । सबै चिज घिसारिएको अनुभव गरेको छु ।

विपीसँग टिका लगाउँदा फरक विचारमा नलागेस् भन्नुहुन्थ्यो होला नि भन्ने हाम्रो प्रश्नमा ?
हा हा हा । त्यस्तो कहिले भन्नुभएन । मातृकाको श्रीमती मञ्जु कोईराला हुनुहुन्थ्यो । हामी मञ्जु काकी भन्थ्यौं । उहाँले जहिलेपनि टिका लगाउन सुरु गरेपछि ठट्टा गर्दै के आशिष दिउँ भन्नुहुन्थ्यो । विपीको भाई तारिणीदत्त सँगै हुन्थे । मञ्जु उहाँको भाउजु हुनुहुन्थ्यो । अनि तारिणीदत्तले ए भाउजु ! कम्युनिष्टलाई राम्रो आशिष नदिनुहोस् भन्नुहुन्थ्यो । ठट्टा गरिन्थ्यो ।
त्यो बेला जीवन थियो, आदर थियो, अपनत्व थियो, भावना थियो । अहिले त सबै व्यक्ति केन्द्रित सबै आशंका, उपशंका मात्र छ । पहिलेभन्दा अहिले खानाको राम्रो व्यवस्था छ । तर त्यो बेलाजस्तो रमाईलो छैन । अहिले भित्र भावना कमजोर भयो । सारा बिर्सियौं जस्तो लाग्छ ।

संबिधान जारी भएपछि सबभन्दा दुखित…

यति ठूलो संघर्ष गरेर ल्याएको संबिधान जारी त भयो । तर सबभन्दा दुखित संबिधान जारी भएको पहिलो वर्ष मनाउँदा भइयो । कहिँ कतै पनि उत्साह थिएन ।
कसैलाई दिल्ली जान दौड, कोहिलाई कहाँ जान दौड, यती ठूलो लडाई भएर जारी भएको संबिधानको उत्सव, रमाईलो मनाउने, दिपावली गर्ने, खुसीयाली गर्ने, नाच्ने उफ्रने काम कोहि कतैबाट र कुनै पार्टीमा त्यो देखिएन ।

गणतन्त्रले जनताको घरमा सुधार हुनुपर्यो

आर्थिक राजनीतिक संचालन गर्ने व्यक्तिले विश्वास टुटाएको छ । जनतामा संबिधान जारी भएको खुसीयाली नै कायम गराउन सकिएन । त्यसो हुनाले भावना टुटिरहेको छ । राजनीतिक दल र पार्टीहरुले गम्भिररुपले सोच्नुपर्छ, हामीकहाँ संबिधान निर्माण र गणतन्त्र स्थापना भएको दिन परिवर्तनको दिन हो । त्यो परिवर्तन जनताको जीवनसँग जोडिनुपर्दछ । जनतामाझ सन्देश जाने कार्यक्रम गर्न सक्नुपर्छ । जनतालाई गणतन्त्र र संबिधानले मेरो जीवन, मेरो घरमा यो सुधार गर्यो भन्ने बनाउनुपर्दछ ।

अर्थमन्त्री छाडेपछि बार्दलीमा बस्दा देखिएकी एक महिलाले…

२०५३ मा अर्थमन्त्री छोडेर कुलेश्वर हाईटमा एक घरमा बस्थे । संधै बिहान बार्दलीमा निस्कन्थें । एक जना महिला संधै देखिन्थिन् । एकदिन ती महिलाले मलाई सोधिन् । मन्त्री जी ! यो आफ्नै घर हो ? मैले, हैन म त भाडामा बसेको भनें । उनीले सबैले यसरी नै ढाँट्छन् भनेर भन्नुभयो । एक इमान्दार महिलाले कति राम्रो कमेन्ट गरिन् । एक देशको अर्थमन्त्री भाडामा बस्ने उनलाई विश्वास नै छैन । उनले सबै ढाँट कुरा भनिन् । असल मानिसले पनि नेपालका मानिसका कुरा विश्वास गर्दैनन् भन्ने भएको छ । यसतर्फ सबैले सोच्नोस् विचार गर्नाेस् । दशैको उपलक्ष्यमा हामी उही पुरानो रमाईलो उत्साह, उमंग ल्याउन सकौं । हाम्रा नयाँ पिढीमा पनि उत्साह ल्याउन सकौं । त्यो वातावरण सिर्जना गरौं भनेर शुभकामना दिन चाहन्छु ।
(कुराकानीमा आधारित)

वि.सं.२०७३ असोज २५ मंगलवार १८:२२ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:३२

काठमाडौँ, १६ वैशाखः नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १०...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...