back
NMB ad

हकप्रद जारी गर्न यी ४ जलविद्युत कम्पनीले मागे अनुमति, कुनले कति ल्याउने ?

Kumari bank ad

काठमाडौं । हकप्रद निष्कासनका गर्नका लागि एकैपटक चारवटा जलविद्युत कम्पनीहरुले नेपाल धितोपत्र बोर्ड(सेबोन)सँग अनुमति मागेका छन्।

हकप्रदको अनुमति माग्नेमा लिबर्टी इनर्जी, ङादी ग्रुप पावर, आँखुखोला जलविद्युत र बरुण हाइड्रोपावर कम्पनी रहेका छन्।

आँखुखेला जलविद्युत चुक्तापुँजीको १ः१.५ अनुपातमा अर्थात १५० प्रतिशत हकप्रद सेयर निष्कासनको अनुमति मागेको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड २० कित्ता हकप्रद जारी गर्ने तयारी गरेको छ। यो कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।

यसैगरी बरुण हाइड्रोपावर र ङादी पावरले चुक्तापुँजीको १ः१ अर्थात १०० प्रतिशत हकप्रदको प्रक्रिया अगाडि बढाएका छन्। सेबोनले अनुमति दिएमा बरुण हाइड्रोपावरले १०० अंकित दरका कुल ५३ लाख ५८ हजार १५० कित्ता र ङादी ग्रुप पावरले १०० रुपैयाँ अंकित दरका कुल १ करोड ८५ लाख १२ हजार ७९२।२३ कित्ता हकप्रद बिक्री खुला गर्नेछ।

हकप्रद बिक्री प्रबन्धमा बरुण हाइड्रोपावरको आरबीबी मर्चेन्ट बैंकिङ र ङादी ग्रुप पावरको सिद्धार्थ क्यापिटल रहेका छन्।

त्यसैगरी, लिबर्टी इनर्जीले  चुक्तापुँजी ५० प्रतिशत अर्थात १ः०.५ अनुपातमा हकप्रद निष्कासनको अनुमति मागेको छ। अनुमति पाएमा यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ७५ लाख कित्ता हकप्रद आफ्ना सेयरधनीहरुलाई बिक्री गर्नेछ। यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

वि.सं.२०८० भदौ २४ आइतवार १६:३७ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:३१

काठमाडौँ, २८ वैशाख: हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै...

मन्त्रिपरिषद् बैठक : प्रहरी अतिरिक्त महानिरीक्षक पदमा जोशी र ढकाल बढुवा   

मन्त्रिपरिषद् बैठक : प्रहरी अतिरिक्त महानिरीक्षक पदमा जोशी र ढकाल बढुवा   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:२८

काठमाडौँ :  सरकारले प्रहरी नायब महानिरीक्षकद्वय उमेशराज जोशी र भीमप्रसाद...

सङ्घीय संसद् अधिवेशन आजदेखि   

सङ्घीय संसद् अधिवेशन आजदेखि   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:१९

काठमाडौँ, २८ वैशाख : सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे...

आज २८ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

आज २८ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:१३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा  

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा  

वि.सं.२०८१ वैशाख २७ बिहीवार १८:०९

पाटन (ललितपुर), २७ वैशाख : ललितपुर महानगरपालिकाले जावलाखेलमा स्नान कक्षसहितको...

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ   

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:५९

काठमाडौँ, २७ वैशाख : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले राष्ट्रिय...