back
NMB ad

हुन्डाई एक्सटर सार्वजनिक, चाँडै बुकिङ खुला हुने

Kumari bank ad

काठमाडौं। नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले भृकुटीमण्डपमा सञ्चालन भइरहेको नाडा अटो शो–२०२३ मा हिजो मंगलबार अर्थमन्त्री प्रकाशशरण महतबाट अनावरण गरिएको एसएक्स भेरियन्टको हुन्डाई एक्सटर–एसयूभी अब चाँडै नै अरु भेरियन्टसहित बिक्री वितरण सुरु गर्ने जनाएको छ।

हुन्डाई एक्सटर ५ सिटर कम्प्याक्ट एसयूभी हो। जुन कम्पनीको मोडेल लाइनअपमा पहिलो एसयूभी रहनेछ। कम्पनीले ई, एस, एसएक्स, एसएक्स (ओ) गरी ४ भेरियन्टमा हुन्डाई एक्सटर ल्याउनेछ।

हुन्डाई एक्सटरमा आकर्षक ड्यासबोर्ड, उत्कृष्ट तरिकाले दिइएको एसी भेन्ट, इन्फोटेन्मेन्ट स्कृन, डोर ट्रिम लेआउट, क्लाइमेट कन्ट्रोल नब, थ्री स्पोक स्टेरिङ ह्विल र डिजिटल इन्ट्रुमेन्ट क्लस्टर पाउन सकिन्छ।

हुन्डाई एक्सटरमा क्रुज कन्ट्रोल, ६ वटा एयरब्याग, इलेक्ट्रिक सनरुफ, टायर प्रेसर मोनिटरिङ सिस्टम, रियर एसी भेन्ट, पुस स्टार्ट बटन, किलेस इन्ट्रीजस्ता फिचरहरु दिएर फुल्ली लोडेड एसयूभी बनाएको छ। बक्सी डिजाइनमा रहेको एक्सटरमा १.२ लिटर नेचेरल्ली एस्पीरेटेड इन्जिन, अलोय ह्विल, फ्युचरिस्टिक डिजाइन, एच आकारमा आकर्षक डीआरएलएस दिइएको छ।

१८५ एमएम ग्राउन्ड क्लेयरेन्स र १९.२ किलोमिटर प्रतिलिटर माइलेज पाउन सकिन्छ। कम्पनीले यसलाई ६ कलर अप्सनमा ल्याउनेछ।

वि.सं.२०८० भदौ २७ बुधवार १३:०९ मा प्रकाशित

You can share this post!

छुट्ला है, ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:५९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज जेठ...

काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान   

काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४९

काठमाडौँ, ३ जेठ : हाल देशमा पश्चिमी र स्थानीय वायुको...

दसमहिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण   

दसमहिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४४

गण्डकी, ३ जेठ : पदयात्राका लागि प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा विगत...

क्रिकेटर लामिछाने क्यानको निलम्बनबाट फुकुवा   

क्रिकेटर लामिछाने क्यानको निलम्बनबाट फुकुवा   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४१

काठमाडौँ : नेपाल क्रिकेट सङ्घ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई...

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो, यस्तो छ शेयर संरचना        

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो, यस्तो छ शेयर संरचना        

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:३५

रमेश लम्साल, काठमाडौँ :  उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि...

आज ३ जेठ २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

आज ३ जेठ २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:२८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...