back
NMB ad

चिरख्वा हाइड्रोपावरको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

Kumari bank ad

काठमाडौं । चिरख्वा हाइड्रोपावरको आईपीओ बाँडफाँड गरिएको छ । बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडका अनुसार कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि निष्काशन गरेको आईपीओ भदौ २६ गते मंगलबार बाँडफाँड गरिएको हो ।

कम्पनीको आईपीओ धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४, बमोजिम ८ हजार आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले पाएका छन् । बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडका अनुसार ३० हजार ८३६ जनाबाट ६ लाख ८४ हजार ४९० कित्ताको लागि आवेदन परेको थियो । जसमध्ये रितपूर्वक आवेदन नदिएका ५८ वटाको आइपीओ आवेदन रद्द भएको छ । ५८ वटा आवेदन मार्फत परेको ८३० कित्ता आइपीओ रद्ध भएको हो ।

आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडका अनुसार ३० हजार ७७८ वटा आवेदन मार्फत माग भएको ६ लाख ८३ हजार ६६० कित्ता सदर गरी बाँडफाँड प्रकृयामा सहभागि गराइएको थियो । तीमध्ये गोलाप्रथा मार्फत ८ हजार जना आवेदकलाई ८० हजार कित्ता आईपीओ बाँडफाँड गरिएको हो । सदर आवेदकमध्ये नै २२ हजार ७७८ आवेदकको हात खाली भएको छ ।

कम्पनीले जारी पुँजी ४० करोड रुपैयाँको ३० प्रतिशत अर्थात १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सार्वजनिक निष्कासन गरेको थियो । जारी पूँजीको २० प्रतिशतले हुन आउने ८ करोड रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यको ८ लाख कित्ता सेयर साधारणका लागि छुट्टाइएकोमा त्यसको १० प्रतिशतले हुन आउने ८० हजार कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो ।

आईपीको नतिजा हेर्नका लागि

१. बिक्री प्रबन्धकको वेबसाइट :    https://www.rbbmbl.com.np/

२. मेरो शेयरको वेबसाइट :  http://meroshare.cdsc.com.np/#/login

३. सिडिएसको वेबसाइट :   http://iporesult.cdsc.com.np/

वि.सं.२०८० भदौ २७ बुधवार १३:५० मा प्रकाशित

You can share this post!

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:३२

सिबी अधिकारी   काठमाडौँ, ३० वैशाख : बेलायतबाट काठमाडौँ ओर्लिनुभएका राजु...

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२५

काठमाडौँ, ३० वैशाख : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको...

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२१

काठमाडौँ, ३० वैशाख : सर्वोच्च अदालतले वल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर...

कुमारी बैंक र फिट लाईफ क्लबबीच सम्झौता

कुमारी बैंक र फिट लाईफ क्लबबीच सम्झौता

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:१३

काठमाडौं । कुमारी बैंक लिमिटेड र टिकापुर, कैलाली स्थित फिट...

सरकारद्वारा संसद्लाई नीति तथा कार्यक्रमको तयारीको जानकारी   

सरकारद्वारा संसद्लाई नीति तथा कार्यक्रमको तयारीको जानकारी   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:५७

काठमाडौँ, ३० वैशाख : सरकारले सभामुख देवराज घिमिरे सहित संसदमा...

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन   

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:४२

काठमाडौँ, ३० वैशाख : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ऊर्जा...