back
NMB ad

अन्नपूर्णपर्यटन प्रबर्द्धन गर्न दशबुँदे धम्पुस घोषणापत्र जारी

Kumari bank ad

पोखरा, २९ असोज । अन्नपूर्ण क्षेत्रमा रहेको पदमार्ग (ट्रेकिङ रुट)को प्रवद्र्धनका लागि ‘दशबुँदे पर्यटन प्रवद्र्धन धम्पुस घोषणापत्र’ जारी गरिएको छ ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) र सेञ्चुरी पर्यटन व्यवसायी समितिले अन्नपूर्ण क्षेत्रअन्तर्गत पर्ने धम्पुस, छोम्रुङ हुँदै माछापुच्छ्रे आधार शिविर पुग्ने ट्रेकिङ रुटलाई नयाँ ढङ्गले सञ्चालन गर्न शुक्रबार धम्पुसमा सो घोषणापत्र जारी गरिएको हो ।

नेकपा (एमाले)का नेता किरण गुरुङ, व्यवस्थापिका–संसद, विकास समितिका सभापति रवीन्द्र अधिकारी, सांसद सीता गिरी ओली, एनआरएनएका वरिष्ठ उपाध्यक्ष भुवन भट्ट, समितिका अध्यक्ष दलबहादुर गुरुङले उक्त घोषणापत्रमा हस्ताक्षर गरेका थिए  ।

घोषणापत्रमा अन्नपूर्ण क्षेत्रको ट्रेकिङ रुटको प्रवद्र्धनका लागि एनआरएनए र समितिले संयुक्त रुपमा काम गर्ने छन् ।

अन्नपूर्ण क्षेत्रमा पर्ने जैविक विविधताको संरक्षण र सम्वद्र्धनमा दुवै संस्थाले संयुक्त रुपमा काम गर्दै धम्पुस, छोम्रुङ हुँदै जाने ट्रेकिङ रुटलाई एनआरएनए र समितिले आफ्नै ‘व्राण्ड’का रुपमा नाम दिएर अगाडि बढाउने छन् ।

त्यस्तै ग्रामीण पर्यटनलाई आकर्षित गरी त्यस क्षेत्रमा उत्पादन हुने वस्तुको प्रवद्र्धन गरी बाह्य पर्यटक भित्र्याउन पहल गर्ने, एनआरएन जापान र धम्पुस गाउँबीच सहकार्य गरी धम्पुसमा उत्पादन हुने स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने, अन्नपूर्ण क्षेत्रमा ‘बोटानिकल गार्डेन’ र ‘जिओलोजिकल गार्डेन’ निर्माण गर्ने घोषणापत्रमा उल्लेख छ ।

एनआरएनए र नेपाली राजदूतावासको सहयोगमा अन्नपूर्ण क्षेत्रका बारेमा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्ने, जैविक विविधता र हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरको बारेमा अध्ययन अनुसन्धानका लागि यस क्षेत्रलाई अगाडि बढाइने र एनआरएनएले विदेशमा रहेका संस्थाले प्रतिव्यक्ति तीनजना पर्यटकलाई नेपाल घुम्नका लागि आह्वान ‘अतिथि देवो भवः’ अभियान सञ्चालन गर्ने पनि घोषणापत्रमा उल्लेख छ ।

सो अवसरमा नेता गुरुङले एनआरएनए ले अन्नपूर्ण क्षेत्रको विकासमा देखाएको चासोको प्रशंसा गरे ।

व्यवस्थापिका–संसद्, विकास समितिका सभापति अधिकारीले अन्नपूर्ण क्षेत्र नेपालको पर्यटन प्रवद्र्धनको मुख्य आधार केन्द्रको रुपमा रहेको बताए ।

एनआरएनएका वरिष्ठ उपाध्यक्ष भट्टले यस क्षेत्रको ट्रेकिङ रुटको प्रवद्र्धनका लागि धम्पुस घोषणापत्र कोसेढुङ्गा सावित हुने विचार व्यक्त गरे ।

सो अवसरमा अशोक सुवेदी र श्रीकान्त खतिवडाले ‘अन्नपूर्ण क्षेत्रको पर्यटनको सम्भावना र चुनौती’ विषयको कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा पोखरामा रहेका विभिन्न पर्यटन प्रवद्र्धनमा आबद्ध सङ्घसंस्थाको सहभागिता थियो ।

वि.सं.२०७३ असोज २९ शनिवार १२:१६ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...