back
NMB ad

यसअघि स्थगित जोशी हाइड्रोपावरले पुनः बोलायो वार्षिक साधारणसभा, हकप्रद जारी गर्ने एजेण्डा

Kumari bank ad

काठमाडौं ।  जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आफ्नो आठौँ वार्षिक साधारणसभा पुनः बोलाएको छ।

यसअघि गत भदौ ८ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा गत भदौ ३१ गते आयोजना गर्ने निर्णय गरेको थियो। तर, गणपूरक संख्या नपुगेपछि सभा स्थगित भएको थियो।

कम्पनी सञ्चालक समितिको बैठकले यसअघि स्थगित कम्पनीको वार्षिक साधारणसभा यही असोज १९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको सुकेधारास्थित रोलिब्रेसन हाइटमा बिहान १० बजेबाट सुरु हुनेछ।

सभाले कम्पनीको जारी पुँजीको १ः०.६५ अनुपातमा अर्थात ६५ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ। विद्युत नियमन आयोगले गत साउन १५ गते यो कम्पनीलाई हकप्रद सेयर जारी गर्ने प्रस्ताव वार्षिक साधारणसभा पेस गर्न अनुमति दिएको थियो।

हकप्रद जारीपछि कम्पनीको पुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र निमायवलीमा संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

सभाले आर्थिक वर्ष २०७८/७९को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ।वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले भदौ १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ भदौ १७ गतेसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीको साधारणसभा भाग लिन पाउनेछन्।

वि.सं.२०८० असोज ११ बिहीवार ११:०६ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...