back
NMB ad

महिलाको आयआर्जन वृद्धिका लागि व्यावसायिक च्याउखेती तालिम   

Kumari bank ad

गोरखा, १२ असोज : गोरखाको गण्डकी गाउँपालिकाका विपन्न महिलाको आयआर्जन वृद्धिका लागि व्यावसायिक च्याउखेतीसम्बन्धी तालिम प्रदान गरिएको छ । गाउँपालिका–५ स्थित डेढेमा बुधबारदेखि सातदिने व्यावसायिक च्याउखेती तालिम सुरु गरिएको आयोजक संस्था नेपाल दलित महिला उत्थान सङ्घ (एड्वान) का संयोजक कमल बसेलले जानकारी दिनुभयो ।

युएसएआइडीको स्थानीय (गोरखा र चितवन) कार्यक्रमकोे आर्थिक सहयोग र गण्डकी गाउँपालिकाको समन्वयमा २१ महिलालाई तालिम प्रदान गरिएको उहाँले बताउनुभयो । यही असोज १० गतेदेखि सुरु भएको तालिम असोज १७ गतेसम्म सञ्चालन हुने छ ।

तालिममा नमुना कोसिस महिला कृषक समूहमा आबद्ध महिलाको सहभागिता रहेको छ । एड््वानले स्थानीय विपन्न कृषक महिलाको समूह गठन गरी उनीहरुको आर्थिक आयआर्जन वृद्धिका लागि टेवा पु¥याउने उद्देस्यसहित तालिम सञ्चालन गरेको उहाँले बताउनुभयो ।

तालिममा सहभागीलाई कृषि प्राविधिक दिपेन्द्र विष्ट र निरमाया थापाले प्रशिक्षण दिइरहनुभएको छ । “परियोजनाअन्तर्गत आर्थिक र सामाजिकरुपमा विपन्न महिलाको समूह निर्माण गरी वडा कार्यालयको समन्वयमा समूह गठन गरिएको हो ”, उहाँले भन्नुभयो, “वडा कार्यालयमार्फत आवश्यक ठाउँ छनोट गरी अतिआवश्यक क्षेत्रमा तालिम सञ्चालन गरिन्छ ।”

वि.सं.२०८० असोज १२ शुक्रवार १२:५१ मा प्रकाशित

You can share this post!

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ जेठ १ मंगलवार १०:५७

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ घटेको छ...

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा, क-कसले दिने आवेदन ?

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा, क-कसले दिने आवेदन ?

वि.सं.२०८१ जेठ १ मंगलवार १०:१७

काठमाडौ । कुमारी बैंकले संस्थापक संस्थापक सेयर बिक्रीमा ल्याएको छ...

कुमारी बैंकका ग्राहकलाई निको बाल अस्पतालमा विशेष छुट

कुमारी बैंकका ग्राहकलाई निको बाल अस्पतालमा विशेष छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १०:०७

काठमाडौं । कुमारी बैंक लिमिटेड र भरतपुर, चितवन स्थित निको...

विश्व बैङ्कले भन्यो-नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

विश्व बैङ्कले भन्यो-नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३७

काठमाडौँ : विश्व बैङ्कले नेपालमा वित्तीय सङ्घीयता कार्यान्वयनको गति मध्यम...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३१

काठमाडौँ, १ वैशाखः हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै...

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:२५

काठमाडौँ, १ जेठ : सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को...