back
NMB ad

नेपाल–जापान ६०औं वषगाँठ : पर्यटनको क्षेत्रमा अनेकौं छुटको बहार !

Kumari bank ad

काठमाण्डौं । यसपटकको पर्यटकीय सिजनका लागि सरकारले जापानी पर्यटकलाई विषेश महत्व दिएको छ । नेपाल जापान सम्वन्धको ६० बर्ष पुगेको अवसरमा जापानी पर्यटकले बिभिन्न पर्यटकीय गन्तव्यमा एवं ट्रेकिङ रुटमा छुट देखि होटल सम्ममा सहुलियत पाउने भएकाछन्।

नेपाल पर्यटन बोर्डका अनुसार निजी क्षेत्रसँगको समन्वयमा यो अफर ल्याइएको हो। जापानीले पर्यटकले सन् २०१७ को फेव्रुअरीसम्मका लागि यो अफर पाउने छन् । सेप्टेम्बरमा सुरु अफर एक सिजन रहन लागेको हो। मार्च देखि नेपालमा नयाँ पर्यटकीय सिजन सुरु हुन्छ।

जापानीहरुलाई ट्रेकिङ एजेन्ट एसोसिएस अफ नेपाल ९टान० अन्तर्गतका सेवा प्रदायकले विभिन्न ट्रेकिङ रुटको शुल्कमा ३४ प्रतिशत सम्म छुट दिने निर्णय गरेको टानका महासचिव कर्ण लामाले बताए। सरकारको निर्णय पछि निजी क्षेत्रका बिभिन्न ट्रेकिङ एजेन्सीहरुले छुट घोषणा गरि सकेका छन्।

स्विस फेमिली ट्रेक्सले अन्नपूर्ण बेस क्याम्प भ्रमण गर्दा २१५ डलर छुट दिएको छ। यो कम्पनीले पुरा शुल्क एकहजार २९० अमेरिकी डलर लिँदै आएको थियो पर्छ। अहिलेका लागि जापानीले भने एक हजार ७५ डलर तिरे पुग्छ।

यस्तै एभरेष्ट बेस क्याम्प ट्रेक्सले दुईसय ८२ अमेरिकी डलर छुट दिएको छ। लाङटाङ भ्याली ट्रेकले पनि २०५ अमेरिकी डलर छुट दिएको छ।

नेपाल इन्भारोमेन्टल ट्रेक्सले पनि अन्नपूर्ण बेसक्याम्पका लागि २५ प्रतिशत छुटसहित ९५० डलरमा घुमाउने जनाएको छ। कम्पनीले एभरेष्ट बेस क्याम्पका लागि २५ प्रतिशत छुट सहित एकहजार ४५० अमेरिकी डलरमा जापानीज पर्यटकलाई घुमाउने भएको छ। त्यस्तै लाङटाङ कल्चरल ट्रेकले २५ प्रतिशत छुट दिँदै आठसय डलरमा ट्रेकिङ गराउने भएको छ।

जापानी पर्यटकलाई आउटडुअर हिमालयन ट्रेक्सले अन्नपूर्ण बेस क्याम्प, अन्नपूर्ण सर्किट ट्रेक, घोरेपानी पुन हिल ट्रेक, कन्चनजङ्घा बेस क्याम्प ट्रेक, रोल्वालिङ इको कल्चरल ट्रेक, जोमसोम मुक्तिनाथ ट्रेक, अपर डोल्पो ट्रेक, धौलागिरी सर्किट ट्रेक, अपर मुस्ताङ ट्रेक, अराउण्ड काठमाडौं भ्याली ट्रेक, एभरेष्ट बेसक्याम्प ट्रेक, साराङकोट धम्पुस हाइक, सुनकोसी र्याफ्टिङमा २० प्रतिशत छुट दिएको छ।

थर्ड आई एडभेन्चर र शक्ति ट्रेक्स नेपालले हरेक ट्रेकमा १५ प्रतिशतका दरले छुट दिने जनाएका छन्। हिमालय ट्रेकिङले भने विभिन्न ट्रेकिङमा ३४ प्रतिशतसम्म छुट घोषणा छ।

त्यस्तै नेपाल होमस्टे एसोसिएसन ९होसान० ले जापानी पर्यटकलाई २० प्रतिशत छुट दिएको छ। एसोसिएसनसँग सम्वद्ध सवै होमस्टेमा यो छुट लागु हुने होसानले जनाएको छ।

नेपाल वायुसेवा निगमले सो अवधिमा आउने जापानी पर्यटकलाई दुईवटा टिकेट निशुल्क दिने भएको छ। निगमले  कुनैपनि एयरलाइन्सवाट काठमाडौं आउने पर्यटकले यो सुविधा पाउने बताएको छ। निगमका प्रवक्ता रामहरी शर्माले अन्तराष्ट्रिय हवाई कम्पनीसँगको सहकार्यमा यस्तो सेवा दिन लागेको बताए।

त्यस्तै बुद्ध एयरले १० जना भाग्यसाली जापानी पर्यटकलाई निशुल्क माउन्टेन फ्लाइटमा उडाउनेछ।

यो अफर सुरु भएसँगै जापानी पर्यटक आगमनका राम्रो संकेत देखिएको पर्यटन बोर्ड अधिकारीले जनाएका छन्। ‘यो अवसरलाई प्रयोग गरेर जापानी पर्यटकको आगमनलाई बढाउने योजना छु बोर्डका वरिष्ठ अधिकृत सुदन सुवेदीले भने ‘धेरै जापानी बौद्ध धर्म मान्ने भएका कारण लुम्विनी लगायत अन्य ठाउँको भ्रमण गर्नका लागि यो अफरले सहयोग पुग्ने अपेक्षा छ।’

यसका लागि नेपालमा पर्यटनसँग सम्वन्धित सरकारी निकाय र नीजि क्षेत्रका संघ संस्थाहरु सहयोग गरिरहेको उनले बताए।

२ कार्तिक २०७३, बिजमाण्डु, ११।००

वि.सं.२०७३ कात्तिक २ मंगलवार ११:४९ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...