back
NMB ad

सोनापुर मिनरल्सको आइपीओ भोली बाँडफाँड हुने, सेयर पाउने कति जना ?

Kumari bank ad

काठमाडौं । सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडको आईपीओ भोली बाँडफाँड हुने भएको छ ।  बिक्री प्रबन्धक एनआइबी एस क्यापिटलका अनुसार बुधबार बिहान ९ बजे आफ्नै कार्यालय लाजिम्पाट, काठमाडौंमा आइपीओ  बाँडफाँड  गर्ने  भएको छ ।

सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको आइपीओमा ३ अर्ब ५० करोड ७८ लाख ९७ हजार २१० रुपैयाँ बराबरको आवेदन परेको छ ।

सीडीएसका अनुसार असोज १८ गते अन्तिम दिनसम्ममा ११ लाख १३ हजार ८५५ जना आवेदकले १ करोड ४७ लाख ६५ हजार १२० कित्ताका लागि आवेदन दिएका छन् । जुन माग भन्दा १.५१ गुणा बढी आवेदन हो ।

माग भन्दा बढी आवेदन परेको हुँदा यो आइपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ । यस अनुसार ९ लाख ७३ हजार २५४ जनाले १०/१० कित्ताका दरले सेयर हात पार्नेछन् । सोहि मध्यका ४ जनाले भने थप १/१ कित्ता गरि ११ कित्ता सेयर हात पार्नेछन् । जसअनुसार यसमा १ लाख ४१ हजार ४४२ जनाको हात रित्तो हुने भएको छ ।

कम्पनीले असोज १४ गतेदेखि १०० अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसाका दरले ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर सर्वसाधरणका लागि बिक्रीमा ल्याएको हो । आईपीओ बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल रहेको छ।

वि.सं.२०८० असोज २३ मंगलवार ११:२१ मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

वि.सं.२०८१ जेठ ७ सोमवार १८:००

काठमाडौं । महालक्ष्मी विकास बैंक आज २०८१ जेष्ठ ७ गतेदेखि...

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

वि.सं.२०८१ जेठ ७ सोमवार १७:४३

काठमाडौँ, ७ जेठ : चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले...

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

वि.सं.२०८१ जेठ ७ सोमवार १७:१६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का...

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:३९

हेमन्त केसी काँक्रेविहार (सुर्खेत), ७ जेठ : जगदुल्ला जलविद्युत् आयोजनाले...

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:१९

भेरीगङ्गा (सुर्खेत), ७ जेठ : दैलेखबाट सुर्खेत आउँदै गरेको बस...

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ७ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...