back
NMB ad

लोकमानको घरमा बल्ल म्याद टाँस्यो सर्बोच्चले

Kumari bank ad

काठमाडौं, कात्तिक २ – लामो प्रयासपछि सर्वोच्च अदालतले अख्तियार प्रमुख लोकमानसिंह कार्कीको घरमा म्याद तामेल गरेको हो ।
सोमबार काठमाडौं महानगरपालिका १० नम्बर वडामा सचिवको रोहबरमा मुचुल्का तयार पारेर बानेश्वर हाइटमा रहेको कार्कीको घरमा म्याद टाँस्न पुगेको सर्वोच्चको टोलीलाई कार्कीका आफन्तले अवरोध गरे पनि मंगलबार टोलीले म्याद टाँसेको छ । म्यादमा कार्कीलाई १५ दिनभित्र अदालत उपस्थित हुन आदेश गरिएको छ ।
म्याद तामेल गर्न खटिएका तामेल शाखा प्रमुख हिरण्यराज भण्डारी र तामेलदार महेश ढकालसहितको टोलीले कार्कीको घरमा म्याद बुझाएको प्रतिवेन सर्वोच्च प्रशासन बुझाएको छ । म्याद तामेल भएपछि कार्कीको मुद्दा पेशी चढाउनका लागि योग्य भएको छ ।
कार्कीलाई प्रमुख आयुक्तमा नियुक्त गर्न योग्यदा नपुगेको भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको रिट सर्वोच्चले ब्युत्याएपछि कार्कीलाई अदालत उपस्थित हुन आदेश गरिएको हो । २०७१ असोज ८ गते खारेज गरेको योग्यतासम्बन्धि रिट सर्वोच्चले गएको भदौ ३१ गते पुनरावलोकन गर्ने अनुमति दिएको थियो ।
यस्तै, अघिल्लोपटक म्याद तामेल गर्न खटिए पनि काम पूरा गर्न नसकेको भन्दै तामेलदार शम्भु खत्रीलाई सर्वोच्चले कारबाही गर्ने तयारी गरेको छ । दुईपटक कार्कीको घरमा म्याद टाँस्न गए पनि खत्री मुचुल्कासमेत नउठाइ फर्किपछि सर्वोच्चले खत्रीलाई कारबाहीको तयारी गरिएको हो ।
तामेलदार खत्रीविरुद्धको मुद्दा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा सुनुवाई भएको छ । प्रशासनको निर्देशनअनुसार समयमा म्याद नबुझाउने कर्मचारीलाई १५ दिन कैद वा एक हजार जरिवाना गर्न सकिने कानुनी व्यवस्था छ ।

वि.सं.२०७३ कात्तिक २ मंगलवार १६:५४ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...