back
NMB ad

अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प   

Kumari bank ad

काबुल, २४ असोज
अफगानिस्तानमा बुधबार छ दशमलव एक रिक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) ले बताएको छ । आज बिहान ६ः११ बजे १० किलोमिटरको गहिराइमा भूकम्प गएको एनसीएसले उल्लेख गरेको छ ।

भूकम्पबाट अहिलेसम्म हताहतको कुनै समाचार आएको छैन । थप विवरणको प्रतीक्षा गरिएको छ । तानिबान नेतृत्वको मन्त्रालयलाई उद्धृत गर्दै खामा प्रेसले अफगानिस्तानको हेरात प्रान्तमा गत शनिबार गएको भूकम्पमा परी चार हजारभन्दा बढीको ज्यान गएको र हजारौँ आवासीय घर क्षतिग्रस्त भएको बताएको छ ।

शनिबार हेरातमा २० गाउँका एक हजार नौ सय ८३ घर क्षतिग्रस्त भएको अफगानिस्तानको तालिबान नेतृत्वको विपद् व्यवस्थापन मन्त्रालयले जनाएको छ । यद्यपि तालिबानले हेरातमा भूकम्पमा परी मर्ने र घाइतेहरूको विवरण खुलासाा गरेको छैन ।

तालिबान नेतृत्वको मन्त्रालयले सोमबार भूकम्प गएको क्षेत्रमा एक हजार व्यक्तिसहित ३५ राष्ट्रिय तथा विदेशी उद्धार तथा खोज कार्यमा रहेको जनाएको खामा प्रेसले बताएको छ ।

तालिबानले भग्नावशेषमा पुरिएका उद्धार र राहत कार्य जारी रहेको बताएको छ । हेरात भूकम्पका पीडितहरूलाई युरोपेली युनियन र विश्व स्वास्थ्य सङ्गठनले नगद, खाद्यान्न र चिकित्सा सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

वि.सं.२०८० असोज २४ बुधवार १४:२४ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...