back
NMB ad

अब गैरआवसीय नेपालीले पनि सेयर बजारमा लगानी गर्न पाउने, बन्यो समिति !

Kumari bank ad

काठमाण्डौं । गैरआवासीय नेपाली (एनआरएन)ले पनि नेपालको सेयर बजारमा अब सिधै लगानी गर्न पाउने भएका छन् । गैरआवासीय नेपालीलाई नेपालको धितोपत्रको दोस्रो बजारमा सिधै लगानी गर्न पाउने गरी ब्यवस्था गर्ने कार्यबिधि बनाउननेपाल धितोपत्र बोर्डले समिति गठन गरेको छ ।

धितोपत्र बोर्डले बुधबार जारी गरेको प्रेस बिज्ञप्तिमा एनआरएनलाई प्रत्यक्ष रुपमा सहभागी गराउने कार्यविधिको मस्यौदा तयार गरी सिफारिस गर्न बोर्डका नियमन तथा व्यवस्थापन विभागका कार्यकारी निर्देशकको संयोजकत्वमा बोर्ड, अर्थमन्त्रालय, नेपाल राष्ट्र वैंक र नेप्सेका पदाधिकारीहरु सदस्य रहने गरी एक समिति गठन गरिएको उल्लेख छ । उक्त समितिमा एनआरएनको प्रतिनिधि समेत सहभागिता रहने व्यवस्था गरिएको र समितिले दुई महिना भित्र कार्यबिधि तयार गर्ने गरी तोकिएको बोर्डले जनाएको छ ।

गैरआबासीय नेपालीहरुले आफुहरुलाई प्रत्यक्ष रुपमा लगानी गर्ने वातावरण मिलाउन लामो समयदेखि माग गर्दै आएका थिए । गैरआवासीय नेपालीको लगानी भित्र्याउने नीतिगत ब्यवस्था सरकारले पहिल्यै गरिसकेको भए पनि त्यस सम्बन्धी कार्यबिधि नबन्दा उनीहरुले सेयर बजारमा प्रत्यक्ष रुपमा लगानी गर्न पाएका थिएनन् ।

३ कार्तिक २०७३,  १२।००

वि.सं.२०७३ कात्तिक ३ बुधवार १३:०० मा प्रकाशित

You can share this post!

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:१९

काठमाडौँ, २१ वैशाख : सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान...