back
NMB ad

धितोपत्र ब्रोकर एशोशिएशनका अध्यक्ष ढकाल एसियन प्रोफेसनल योङ ईन्टरप्रेनियर्स अवार्ड वाट सम्मानित

Kumari bank ad

काठमाडौं । धितोपत्र ब्रोकर एशोशिएशनका अध्यक्ष तथा हिमालयन ब्रोकरेज कम्पनी लिमिटेडका अध्यक्ष सागर ढकाल योङ ईन्टरपे्रनियर्स अवार्डबाट सम्मानित भएका छन् । युवा उद्यमशिलतामार्फत कृषि, व्यापार र समाज सेवामा योगदान पुर्याएवापत ढकाललाई “एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड” अन्तर्गतको “योङ ईन्टरप्रेनियर्स अवार्ड” प्रदान गरिएको हो ।

सिजन मिडियाको आयोजनामा गरिएको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले विशेष सम्मान सहित उक्त अवार्ड प्रदान गरेका हुन् । युवा उद्यमी ढकाल, व्यवसायीक तथा सामाजिक क्षेत्रमा सक्रिय रहेका छन् । उनको पर्यटन, कृषि, वित्त, सूचना–प्रविधि, हस्पिटालिटी, कानुनी परामर्श सेवा, लगानी सहजीकरण र व्यापार व्यवसाय लगायतका थुप्रै क्षेत्रमा संलग्नता रहेको छ ।

ढकालले पछिल्लो समय धितोपत्र ब्रोकर व्यवसायलाई मुख्य व्यवसाय बनाएर अघि बढेका छन् । उनकै पहलमा १६ वर्षपछि पहिलो पटक नयाँ ब्रोकर कम्पनीले लाईसेन्स पाउन सफल भएका थिए भने यस क्षेत्रमा रहँदै आएको सिण्डिकेट समेत तोडिन पुगेको थियो । उनी नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको पुँजीबजार फोरमका केन्द्रीय सदस्य समेत हुन् ।

ढकालले व्यवस्थापनमा त्रिभुवन विश्वविद्यालयबाट स्नात्तकोत्तर उत्र्तिण गरेका छन् भने त्रिभुवन विश्वविद्यायलयबाटै कानून शास्त्रमा स्नातक गरेका छन् । कानून व्यवसायी समेत रहेका ढकाल पाटन उच्च बारका कार्यसमिति सदस्य हुन् ।

हाल उनले त्रिभुवन विश्वविद्यालयबाट भाषा विज्ञानमा विद्यावारिधी गरिरहेका छन् । अवार्ड प्राप्त गरेपश्चात आँफुलाई अझ बढि जिम्मेवारीबोध भएको र आगामी दिनमा युवा उद्यमशिलताको विकास, नेपालको पुँजीवजारको सुधार र सुदृढिकरणको लागी थप सक्रिय रहन प्रेरणा मिलेको ढकालले वताए ।

वि.सं.२०८० असोज २८ आइतवार १२:१३ मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

वि.सं.२०८१ जेठ ७ सोमवार १८:००

काठमाडौं । महालक्ष्मी विकास बैंक आज २०८१ जेष्ठ ७ गतेदेखि...

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

वि.सं.२०८१ जेठ ७ सोमवार १७:४३

काठमाडौँ, ७ जेठ : चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले...

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

वि.सं.२०८१ जेठ ७ सोमवार १७:१६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का...

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:३९

हेमन्त केसी काँक्रेविहार (सुर्खेत), ७ जेठ : जगदुल्ला जलविद्युत् आयोजनाले...

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:१९

भेरीगङ्गा (सुर्खेत), ७ जेठ : दैलेखबाट सुर्खेत आउँदै गरेको बस...

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ७ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...