back
NMB ad

नारायणगढ–मुग्लिन सडकमा कात्तिक ८ गतेसम्म ठूला मालवाहक सवारी प्रवेश निषेध

Kumari bank ad

काठमाडौं । आज असोज २८ गतेदेखि काठमाडौं उपत्यका भित्रिने प्रमुख मार्ग नारायणगढ–मुग्लिन सडकमा ठूला मालवाहक सवारी चलाउन नपाइने भएको छ ।

यातायात व्यवस्था विभागले दशैंका लागि यात्रुको चाप हुने र यात्रुवाहक सवारी पनि बढी गुड्ने भएका कारण उक्त सडक खण्डमा ठूला मालवाहक प्रवेश निषेध गरिएको जनाएको छ ।

विभागका अनुसार खाद्यान्नलगायतका अत्यावश्यक वस्तुहरुको ढुवानी गर्ने साधनलाई भने रोकिने छैन । ट्रेलरलगायतका ठूला गाडीलाई भने कोजाग्रत पूर्णिमा अर्थात् कात्तिक ८ गतेसम्म रोक लगाइने छ । यस व्यवस्थाले दसैंमा घर जाने–आउने गर्ने यात्रुलाई सहज हुनेछ ।

यात्रुवाहक सवारी निर्वाधरुपमा सञ्चालन गर्नका लागि यसबाट सहयोग पुग्ने यातायात व्यवस्था विभागको भनाई छ । यस्तै, दसैंकै अवसरमा सरकारले देशभरका यातायातको रुट परमिट नियम पनि खुला गरेको छ ।

वि.सं.२०८० असोज २८ आइतवार १४:१६ मा प्रकाशित

You can share this post!

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

वि.सं.२०८१ जेठ ८ मंगलवार १२:५५

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी...

पशुपतिको भेटी चोरीमा कोषाध्यक्ष नै संलग्न, ज्याकेटमा लुकाएर दिनमै १५ हजारसम्म चोरी

पशुपतिको भेटी चोरीमा कोषाध्यक्ष नै संलग्न, ज्याकेटमा लुकाएर दिनमै १५ हजारसम्म चोरी

वि.सं.२०८१ जेठ ८ मंगलवार ११:३०

काठमाडौं । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदी नै...

गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा छजना पक्राउ   

गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा छजना पक्राउ   

वि.सं.२०८१ जेठ ८ मंगलवार ११:११

चितवन, ८ जेठः चितवन राष्ट्रिय निकुञ्जले एकसिङ्गे गैँडाको खाग खरिदबिक्रीमा...

बुद्धभूमि नेपाल हाइड्रोपावरलाई हकप्रद बिक्री गर्न स्वीकृति

बुद्धभूमि नेपाल हाइड्रोपावरलाई हकप्रद बिक्री गर्न स्वीकृति

वि.सं.२०८१ जेठ ८ मंगलवार ११:०४

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनी लिमिटेडलाई १०० प्रतिशत...

सशस्त्र प्रहरीद्वारा ‘पिकअप भ्यान’सहित सामान बरामद   

सशस्त्र प्रहरीद्वारा ‘पिकअप भ्यान’सहित सामान बरामद   

वि.सं.२०८१ जेठ ८ मंगलवार १०:५४

मङ्गलबारे (इलाम), ८ जेठः नेपाल–भारत सीमा क्षेत्रबाट अवैध रूपमा नेपाली...

चिनियाँसँग नक्कली विवाह गराएर महिलालाई पाँच लाखमा बिक्री   

चिनियाँसँग नक्कली विवाह गराएर महिलालाई पाँच लाखमा बिक्री   

वि.सं.२०८१ जेठ ८ मंगलवार १०:५०

काठमाडौँ, ८ जेठः एकजना नेपाली महिलालाई चिनियाँ नागरिकसँग नक्कली विवाह...