back
NMB ad

नुवाकोटको किस्पाङ गाउँपालिका डिप्लोमा तहको स्वास्थ्य शिक्षा पढाइ हुँदै   

Kumari bank ad

प्रकाश सिलवाल
काठमाडौँ, २८ असोज : प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को सम्बन्धनमा नुवाकोट जिल्लामा पहिलोपटक स्थानीय सरकारबाट सञ्चालन गर्ने गरी किस्पाङ गाउँपालिकामा सामान्य चिकित्सा (एचए) र ‘डिप्लोमा इन फार्मेसी’ का लागि आवेदन खुलेको छ ।

चिकित्सा शिक्षा आयोगको सहमतिमा यही असोज २२ गते परिषद्ले विज्ञटोलीसहित सम्भाव्यता अध्ययन र पूर्वाधार निरीक्षण गरी सम्बन्धन दिने निर्णय गरेसँगै असोज २३ गते परिषद्को परीक्षा नियन्त्रण कार्यालयले किस्पाङ बहुप्राविधिक शिक्षालयका नाममा सूचना जारी गरी दुवै कार्यक्रमतर्फ ४०¬–४० विद्यार्थी कोटा निर्धारण गरेर भर्नाको अनुमति दिएको हो ।

बागमती प्रदेशमा यी कार्यक्रमतर्फ सम्बन्धन र कोटा पाउने गाउँपालिकामध्येमै किस्पाङ गाउँपालिका पहिलो भएको छ । सो शिक्षालय जिल्लाको उत्तरी भेग तथा दुर्गम गाउँ किस्पाङ गाउँपालिका–३ एँेसेलुमा रहनेछ ।

गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा सो गाउँपालिकाले गाउँसभामार्फत रु दुई करोड बजेट सुनिश्चित गरेर मुनाफारहित किस्पाङ बहुप्राविधिक शिक्षालय स्थापना गरी ‘सामान्य चिकित्सा’ र ‘डिप्लोमा इन फार्मेसी’ कक्षा सञ्चालन गर्न माग गरेको थियो ।

परिषद्ले यसअघि प्रवेश परीक्षामा सहभागी भएर उत्तीर्ण भइ वैकल्पिक सूचीमा रहेका विद्यार्थीलाई भर्नाका लागि आह्वान गरेको छ भने कोटाअनुसारको भर्ना नभएलगत्तै दोस्रो प्रवेश परीक्षा गराउने जनाएको छ ।

गाउँपालिकाले शिक्षण अनुमति प्राप्त गरेसँगै कम शुल्कमा गुणस्तरीय प्राविधिक शिक्षा दिने लक्ष्यका साथ तीन वर्षका लागि एकमुष्ट रु एक लाख ९५ हजार शुल्क तोकेको छ । तीन वर्षको शुल्क एकमुष्ट तोकिए पनि तीन किस्तामा तिर्न सकिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदारप्रसाद खतिवडाले राससलाई बताउनुभयो ।

उक्त कार्यक्रमका लागि निजी शैक्षिक संस्थाले ‘सामान्य चिकित्सा’ का लागि पाँच लाख र ‘डिप्लोमा इन फार्मेसी’ का लागि रु चार लाख शुल्क लिने गरेका छन् । उक्त गाउँपालिकाले ‘प्राविधिक तथा उत्पादनमूलक शिक्षाः समृद्ध किस्पाङको इच्छा’ नारा पारित गरी कार्यान्वयन गर्दै आएको र प्राविधिक शिक्षालाई निरन्तरता र उत्पादनमूलक शिक्षालाई जोड दिएको छ ।

स्थानीय पाठ्यक्रम निर्माण, स्वास्थ्य सहायक, फार्मेसी र जडीबुटी शिक्षा प्राथमिकतामा राखेको उपाध्यक्ष अर्जुन न्यौपानेले बताउनुभयो । सो गाउँपालिकाका स्वास्थ्यसेवाका अधिकृत विनोद न्यौपानेले तीन वर्षको प्रयासपछि दुर्गम गाउँमा सुलभ मूल्यमा यस प्रकारको प्राविधिक शिक्षा उपलब्ध हुनुले कम आय भएका विद्यार्थीका लागि विशेष अवसर हुने बताउनुभयो ।

पर्यटनको प्रचुर सम्भावना बोकेको किस्पाङ अब प्राविधिक शिक्षाको केन्द्र पनि बन्ने स्थिति बनेको छ । नुवाकोट जिल्लाको साविक गाविस साल्मे, भाल्चे, काहुले, फिकुरी र मनकामना मिलेर किस्पाङ गाउँपालिका बनेको हो ।

वि.सं.२०८० असोज २८ आइतवार २०:४१ मा प्रकाशित

You can share this post!

धादिङ र चितवनका विकट चेपाङ बस्तीमा प्राधिकरणले बाँड्यो निःशुल्क मिटर

धादिङ र चितवनका विकट चेपाङ बस्तीमा प्राधिकरणले बाँड्यो निःशुल्क मिटर

वि.सं.२०८१ जेठ ६ आइतवार १२:५४

काठमाडौँ, ६ जेठ : अतिसिमान्तकृत चेपाङ समुदायको बाहुल्यता रहेको धादिङ...

मनाङमा आठ महिनामा नौ सय ५० सवारीचालक कारबाहीमा   

मनाङमा आठ महिनामा नौ सय ५० सवारीचालक कारबाहीमा   

वि.सं.२०८१ जेठ ६ आइतवार १२:४३

मनाङ, ६ जेठ : मनाङमा आठ महिनामा नौ सय ५०...

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै   

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै   

वि.सं.२०८१ जेठ ६ आइतवार ११:५९

वागमती, ६ जेठः बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन...

बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट सहजरुपमा कर्जा पाइने

बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट सहजरुपमा कर्जा पाइने

वि.सं.२०८१ जेठ ६ आइतवार ११:५२

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र सिमेक्स इंक प्रा.लि....

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला कति पुग्यो ?

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ जेठ ६ आइतवार ११:४३

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनचाँदीको भाउमा नयाँ रेकर्ड...

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...