back
NMB ad

मिर्मिरे लघुवित्तको एफपीओमा १२ लाख १२ हजार जनाले दिए आवेदन, कहिलेसम्म दिन पाइन्छ ?

Kumari bank ad

काठमाडौं । मिर्मिरे लघुवित्तको एफपीओमा १ अर्ब ३८ करोड ८३ लाख ७३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

सीडीएसका अनुसार यसमा सोमबार (असोज २९ गते) साँझसम्ममा १२ लाख १२ हजार १०९ जनाले १ करोड ३८ लाख ८३ हजार ७३० कित्ताका लागि आवेदन दिएका छन् । यो ११२.१३ गुणा बढी आवेदन हो ।

लघुवित्तले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख २३ हजार ८१६।४५ कित्ता शेयर निष्काशन गर्न लागेको हो। लगानीकर्ताले उक्त शेयरका लागि भोली असोज ३० गतेसम्म आवेदन दिन सक्नेछन्।

लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

लघुवित्तको रजिष्टर्ड कार्यालय बनेपा नगरपालिका वडा नं ८, काभ्रेपलाञ्चोकमा रहेको छ। लघुवित्तको नेपालभरी ७७ वटै जिल्लामा शाखा कार्यालयहरु छन्। गत असार मसान्तसम्ममा लघुवित्तको एक केन्द्रिय कार्यालय, ७ प्रादेशिक कार्यालय, ५ उप–प्रदेशिक कार्यालयसहित १५० वटा शाखा कार्यालयहरु रहेका छन्। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गर्न लागेको हो।

वि.सं.२०८० असोज २९ सोमवार १७:३० मा प्रकाशित

You can share this post!

गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्र : अध्यक्ष ओली   

गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्र : अध्यक्ष ओली   

वि.सं.२०८१ जेठ १५ मंगलवार ०८:२७

काठमाडौँ, १५ जेठ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष...

बुद्धभुमी नेपाल हाइड्रोपावरले हकप्रद निष्काशन गर्ने

बुद्धभुमी नेपाल हाइड्रोपावरले हकप्रद निष्काशन गर्ने

वि.सं.२०८१ जेठ १५ मंगलवार ०८:२३

काठमाडौं । बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन...

सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध   

सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध   

वि.सं.२०८१ जेठ १५ मंगलवार ०८:१२

नवलपुर (नवलपरासी), १५ जेठ : पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी...

गणतन्त्रको मर्म र चरित्रअनुरुप गणतान्त्रिक संस्कारको विकास गर्नुपर्छ : सञ्चार मन्त्री   

गणतन्त्रको मर्म र चरित्रअनुरुप गणतान्त्रिक संस्कारको विकास गर्नुपर्छ : सञ्चार मन्त्री   

वि.सं.२०८१ जेठ १५ मंगलवार ०८:०४

काठमाडौँ, १५ जेठ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले...

आज गणतन्त्र दिवस मनाइँदै   

आज गणतन्त्र दिवस मनाइँदै   

वि.सं.२०८१ जेठ १५ मंगलवार ०७:५९

काठमाडौँ, १५ जेठ : आज १७औँ गणतन्त्र दिवस मनाइँदैछ ।...

कालीगण्डकीको कटान रोकथाम गर्न पर्खाल निर्माण   

कालीगण्डकीको कटान रोकथाम गर्न पर्खाल निर्माण   

वि.सं.२०८१ जेठ १५ मंगलवार ०७:३७

म्याग्दी, १५ जेठः म्याग्दीको सदरमुकाम बेनीमा कालीगण्डकी नदीको कटान नियन्त्रणका...