back
NMB ad

वाणिज्य बैंकहरुको २ महिनाको नाफा : १६ अर्ब ६४ करोड, ग्लोबल आईएमई सबैभन्दा अगाडि, कुनको कति ?

Kumari bank ad

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको दुई महिनामै १६ अर्ब ६४ करोड रुपैयाँ भन्दा बढी खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार भदौ मसान्तसम्ममा २० वटा वाणिज्य बैंकहरुले कुल १६ अर्ब ६४ करोड ८६ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।

यो दुई महिनाको अवधिसम्म ५ वटा बैंकले अर्ब माथि नाफा आर्जन गरेका छन् भने बाँकी १५ बैंकको कमाइ अर्बभन्दा तल रहेको छ।

राष्ट्र बैंकको तथ्यांकले यो २ महिनाको अवधिमा ग्लोबल आईएमई बैंकले सबैभन्दा बढी नाफा आर्जन गरेको छ। भदौसम्म ग्लोबल आइएमई बैंकले १ अर्ब ७५ करोड रुपैयाँ बढी नाफा आर्जन गरेको छ।

उच्च नाफा आर्जन गर्ने दोस्रो बैंकमा नबिल रहेको छ। नबिल बैंकले १ अर्ब ५६ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

यो दुई महिनाको अवधिमा सबैभन्दा कम नाफा आर्जन गर्नेमा नेपाल एसबीआई बैंक रहेको छ। यो बैंकले २७ करोड २९ लाख रुपैयाँ नाफा कमाएको छ।

नाफा धेरै कमाउने नेपाल इन्भेस्टमेन्ट मेगा, हिमालयन र कुमारी क्रमशः तेस्रोदेखि पाँचौँ स्थानमा छन्। नेपाल इन्भेस्टमेन्ट मेगाले १ अर्ब ४८ करोड रुपैयाँ, हिमालयनले १ अर्ब २३ करोड रुपैयाँ र कुमारीले १ अर्ब १४ करोड रुपैयाँ नाफा आर्जन गरेका छन्।

त्यसैगरी, राष्ट्रिय वाणिज्य बैंकले ८७ करोड ५ लाख, प्राइम बैंकले ८३ करोड ६५ लाख, लक्ष्मी सनराइज बैंकले ८१ करोड ४० लाख, एनआइसी एशिया बैकले ८० करोड ५ लाख, एनएमबि बैंकले ७६ करोड ७० लाख, एभरेष्ट बैंकले ७१ करोड २५ लाख, नेपाल बैंकले ७० करोड ७१ लाख, प्रभु बैंकले ६६ करोड ४१ लाख रुपैंया नाफा कमाएको छ ।

त्यस्तै, कृषि विकास बैंकले ६१ करोड ५६ लाख, सिद्धार्थ बैंकले ५८ करोड ६५ लाख, सानिमा बैंकले ५१ करोड २० लाख, स्टान्डर्ड चार्टड बैंकले ४८ करोड ४५ लाख, सिटिजन बैंकले ४४ करोड ३१ लाख, माछापुच्छ्रे बैंकले ३७ करोड ६३ लाख रुपैंया नाफा आर्जन गरेका छन् ।

वि.सं.२०८० कात्तिक १ बुधवार ११:०१ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...