back
NMB ad

आइएमई र अस्ट्र टेकको बोटिम टेक्नोलोजी बिच डिजिटल रेमिटेन्स सेवा प्रवर्द्धन गर्ने समझदारी

Kumari bank ad

काठमाडौँ । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमई  र मध्यपूर्व लगायत १५५ देशहरुमा सन्चालनमा रहेको अस्ट्र टेक द्वारा प्रवर्दित बोटिम अल्ट्रा एप मार्फत नेपालमा रकम पठाउन र डिजिटल रेमिटेन्स सेवा प्रवर्द्धन गर्ने समझदारी भएको छ ।

सम्झौता अनुसार युएईको केन्द्रीय बैङ्कबाट  इजाजत पत्र प्राप्त लोकप्रिय बोटिम अल्ट्रा एप  मार्फत  आइएमईको डिजिटल वालेट आइएमई  पे मा सोझै रकम पठाउन सकिने गरि डिजिटल रेमिटेन्सलाई प्रर्वद्धन गर्न दुवै पक्षले सहकार्य गर्ने छन् ।

यस रणनीतिक सहकार्य मार्फत डिजिटल वित्तीय समावेशितालाई थप प्रर्वद्धन गर्दै कारोबारको डिजिटल रुपान्तरणमा ठुलो सहयोग पुग्नुको साथै आइएमईका सेवाग्राहीहरूलाई अत्याधुनिक सूचना प्रविधिमा आधारित वित्तीय सेवा  प्रदान गर्ने आइएमईको उद्देश्य हासिल गर्न सहयोग पुग्ने पनि आइएमईका प्रमुख कार्यकारी अधिकृत पौडेलले उल्लेख गर्नु भयो ।

अस्ट्र टेकका प्रमुख व्यापार अधिकृत मार्क मिशेलले “आइएमई नेपालसँगको साझेदारीबाट उत्साहित रहेको बताउँदै  वित्तीय सेवालाई  सबैका लागि थप पहुँचयोग्य बनाउन  महत्त्वपूर्ण कदम रहेको उल्लेख गरेका छन् । यो रणनीतिक साझेदारी, युएइ र त्यसभन्दा बाहिर समेत  आर्थिक समावेशिता प्रवर्द्धन गर्न केन्द्रित रहेको पनि प्रमुख व्यापार अधिकृत  मिशेलले उल्लेख गरेका छन् । प्रमुख व्यापार अधिकृत  मिशेलले, बोटिम अल्ट्रा एप मार्फत, लाखौं प्रयोगकर्ताहरूको जीवनलाई सरल बनाउन मद्दत गर्ने पहलहरू र सहकार्यहरूतर्फ काम गरिरहेका छौँ, र यो साझेदारी त्यो प्रतिबद्धताको प्रमाण रहेको पनि बताएका छन् ।

वि.सं.२०८० कात्तिक १ बुधवार १६:१३ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...