back
NMB ad

टुरिजम बैंकको शतप्रतिशत हकप्रद सेयर निष्काशन, कारोबारको जिम्मा एनआईबीएललाई

Kumari bank ad

काठमाडौ । टुरिजम डेभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रद सेयर निष्काशनको प्रक्रिया अघि बढाएको छ । बैंकले सेयर निष्काशन तथा विक्रि प्रबन्धकमा एनआईबीएल क्यापिटल मार्केट्स लिमिटेडलाई बुधबार नियुक्त गरेको छ । सेयर निष्काशन गर्नेसम्बन्धि सम्झौतापत्रमा टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेडका तर्फबाट महाप्रबन्धक मेख बहादुर थापाले हस्ताक्षर गरेका छन् ।

हाल मातृभूमी बिकास बैंक लिमिटेड र कालिन्चोक डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ती गर्ने अन्तिम प्रक्रियामा रहेको बैंकले उक्त प्राप्तीपश्चात् कायम हुन आउने चुक्तापुँजीको शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो । यी दुई संस्थालाई प्राप्ती गर्ने सम्झौता गरेर बैंकले अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा आवेदन पेश गरिसकेको छ ।

हाल यस बैंकले देशभरिका आफ्ना १५ वटा शाखा तथा १२ वटा एटीएम मार्फत सेवा प्रदान गरिरहेको छ । उक्त दुई संस्थालाई प्राप्ती गरेपछि ७ वटा शाखाहरु थप हुनेछन् । यसबाहेक देशका विभिन्न स्थानहरुमा थप नयाँ ७ वटा शाखाहरु थपेर यस आर्थिक बर्षको अन्त्यसम्ममा शाखा संख्या २९ पुर्याउने लक्ष्य बैंकले लिएको छ ।

प्रकाशित मितिः २०७३ कार्तिक ३

वि.सं.२०७३ कात्तिक ३ बुधवार २०:३९ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...