back
NMB ad

भिस्ताराले काठमाडौं–दिल्लीको दोस्रो उडान बुधबारबाट सुरु गर्ने

Kumari bank ad

काठमाडौं । अन्तर्राष्ट्रिय उडान क्षेत्रमा स्थापित भिस्तारा एयरलाइन्सले काठमाडौं–दिल्लीका लागि दोस्रो दैनिक उडान बुधबारबाट सुरु गर्ने भएको भएको छ ।

टाटा समुह र सिङ्गापुर एयरलाइन्सको संयुक्त लगानी रहेको भिस्ताराको दोस्रो उडान बिहान १०ः४० बाट हुनेछ । भिस्ताराको ए ३२० नेव जहाजमार्फत हुने अत्याधुनिक उडानमा तीन कक्षको ‘कन्फिगरेशन’का साथ सञ्चालन हुनेछ । रुटमा बिजनेश र प्रिमियम इकोनोमिको साथै इकोनोमि क्लासको समेत सुविधा प्रदान गरिनेछ । बिस्ताराले यात्रुका लागि टिकट बुकिङ वेवसाइट, मोवाइल एप र ट्राभल एजेन्टमार्फत खुला गर्नेछ ।

भिस्तराले गरेको यो उडानले यात्रुलाई लण्डन, पेरिस, फ्रयांकफर्ट लगायत भारतीय सहरहरु जस्तैः–मुम्बई, बेंगलुर, अहमदावाद, देहरादुन, कोच्चि, गोवा, चेन्नाई, पुणे र अन्य लोकप्रिय लामो दुरीको गन्तब्यहरुमा ‘एक–स्टप’ उडान लिन सक्षम बनाउनेछ । एयरलाइन्सका नेपालस्थित कार्याकारी अधिकृत प्रशन्न अधिकारीले भिस्ताराको काठमाडौं–दिल्लीको दोसो उडान बुधबारबाट बिहान १०ः४० देखि सुरु हुने बताए ।

उनले भने,‘भिस्ताराले बिगतदेखि नै साँझको उडान भर्दै आएको थियो । यसले दोस्रो उडान पनि भर्ने छ । बिहान १०ः४० बजे जहाज काठमाडौंबाट दिल्लीका लागि उड्नेछ । यो ब्यवस्था बुधबारबाटै लागू हुनेछ । यसअघि साँझ ५ः०० हुँदै आएको उडान पनि यथावत नै रहनेछ ।’

बिहानीको उडान भर्न जहाज दिल्लीबाट ७ः४० मा काठमाडौंका लागि उड्नेछ । जहाज काठमाडौंमा ९ः४० मा अवतरण गर्नेछ । काठमाडौंबाट भने दिल्लीका लागि जहाज १०ः४० उड्नेछ । दिल्लीमा जहाजले १२ः१० मा अवतरण गर्नेछ ।

एयरलाइन्समा स्थापित भारतीय कम्पनी टाटा समुह र सिंगापुर एयरलाइन्सको संयुक्त लगानी छ । नेपालसहित यसले विश्वका बिभिन्न ३० गन्तब्य स्थानमा नियमित उडान भदैै आएको छ । एयरलाइन्सले विद्यार्थीका लागि २० किलोसम्मको ‘लगेज’ लैजाने सुविधा निशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ ।

यात्रुले उडान तथा एयरलाईन्सका सम्बन्धमा थप जानकारी िलन चाहे नजिकको ट्राभल एजेन्ट र नेपालस्थित कार्यलयमा सम्पर्क गर्न सक्ने छन्

वि.सं.२०८० कात्तिक १४ मंगलवार १३:५७ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...