back
NMB ad

इजरायलमा मारिएका सबै नेपालीको शव नेपाल आइपुग्यो   

Kumari bank ad

काठमाडौँ, १९ कात्तिक : दक्षिणी इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको छ ।

गए राति फ्लाइ दुवइको विमानमार्फत ११ः३० बजे डोटी लामीखाल-८ का पदम थापाको शव नेपाल आइपुगेसँगै मृत्यु भएका सबै नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले बताउनुभयो ।

उहाँले भन्नुभयो, “इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० विद्यार्थीको शव नेपाल ल्याइएको छ । इजरायलमा हाललाई उद्धार कार्य करिब करिब सकिएको छ । बेपत्ता भएका विपीन जोशीको उद्धारका लागि पहल भइरहेको छ ।”

दक्षिणी इजरायलमा गत असोज २० गते अर्थात अक्टोबर ७ मा हमास समूहको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । आक्रमणमा परि डोटी लामीखाल-८ का पदम थापा, सल्यान सारदा-३ का प्रवेश भण्डारी, बझाङ जयपृथ्वी-६ का गणेशकुमार नेपाली, दार्चुला मालिकार्जन-४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम-५ का दीपेशराज विष्ट, धनुषा सापही-६ का आनन्द शाह, कैलाली घोडाघोडी-४ का नारायणप्रसाद न्यौपाने, सुनसरी मधुवन-१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली-३ का राजन फुलारा, तथा कैलाली बौनियाँ-३ का आशीष चौधरीको शव नेपाल ल्याइएको हो ।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत उनीहरु इजरायल गएका थिए । सोही आक्रमणमा परी कञ्चनपुर भीमदत्त-३ का विपीन जोशी सम्पर्कविहीन छन् । केही समय अघि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहितको टोलीले इजरायलमा फसेका दुई सय ५४ विद्यार्थीलाई उद्दार गरी नेपाल ल्याएको थियो ।

डोटी लामीखाल-८ का पदम थापा, डोटी पचनाली-३ का राजन फुलारा र सल्यान सारदा-३ का प्रवेश भण्डारीको शव आज दिउँसो १२ बजेपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत सम्बन्धित जिल्लामा पठाइने तयारी भएको सहसचिव आरणले जानकारी दिनुभयो ।

वि.सं.२०८० कात्तिक १९ आइतवार १२:४८ मा प्रकाशित

You can share this post!

काठमाडौँको खानेपानी समस्या समाधान गर्न कुलेखानी परियोजना अघि सारिने   

काठमाडौँको खानेपानी समस्या समाधान गर्न कुलेखानी परियोजना अघि सारिने   

वि.सं.२०८१ जेठ १३ आइतवार १३:२२

काठमाडौँ, १३ जेठ : बूढालीकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले काठमाडौँ...

प्रतिनिधिसभा बैठक : आव २०८०/८१ को आर्थिक सर्वेक्षण पेस   

प्रतिनिधिसभा बैठक : आव २०८०/८१ को आर्थिक सर्वेक्षण पेस   

वि.सं.२०८१ जेठ १३ आइतवार १३:१५

काठमाडौँ, १३ जेठ : प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक...

पर्यटकीय गन्तव्य बन्दै हाँडिकोट टापु   

पर्यटकीय गन्तव्य बन्दै हाँडिकोट टापु   

वि.सं.२०८१ जेठ १३ आइतवार १२:४४

गलकोट (बागलुङ), १३ जेठ : जैमिनी नगरपालिका-१० राङखानी, वडा नं...

प्रतिकूल मौसमले हवाई उडान प्रभावित   

प्रतिकूल मौसमले हवाई उडान प्रभावित   

वि.सं.२०८१ जेठ १३ आइतवार १२:३८

काठमाडौँ, १३ जेठ : प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित...

बन्दीपुरमा पर्यटकीय पूर्वाधार निर्माणमा तीव्रता   

बन्दीपुरमा पर्यटकीय पूर्वाधार निर्माणमा तीव्रता   

वि.सं.२०८१ जेठ १३ आइतवार १२:३१

तनहुँ, १३ जेठ : स्वदेशी एवं विदेशी पर्यटकहरुको आकर्षणको केन्द्रका...

पर्सामा नेपाल वेयरहाउजिङको अन्न भण्डारण सेवा सुरु, भण्डारण गरेको अन्न धितोमा कर्जा पनि पाइने

पर्सामा नेपाल वेयरहाउजिङको अन्न भण्डारण सेवा सुरु, भण्डारण गरेको अन्न धितोमा कर्जा पनि पाइने

वि.सं.२०८१ जेठ १३ आइतवार ११:२२

काठमाडौं । पर्सामा किसानले उत्पादन गरेको अन्न सुरक्षित रुपमा भण्डारण...