back
NMB ad

भारतद्वारा दोस्रो खेपको राहत सामग्री हस्तान्तरण   

Kumari bank ad

काठमाडौँ, २० कात्तिक : भारत सरकारले नेपालका भूकम्प प्रभावितका लागि आपत्कालीन राहत सहयोग सामग्रीको दोस्रो खेप आज हस्तान्तरण गरेको छ ।

भारत सरकारका तर्फबाट यहाँस्थित राजदूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले नेपालगञ्जका प्रमुख प्रशान्त विष्टको उपस्थितिमा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई राहत सामग्री हस्तान्तरण गर्नुभयो ।

अत्यावश्यक चिकित्सा तथा सरसफाइ सामग्री, त्रिपाल, स्लिपिङ ब्याग र कम्बल सहितको नौ टन राहत सामग्री भारतीय वायुसेनाको विशेष विमान सी–१३० ले नेपालगञ्ज ल्याइपुर्‍याएको थियो ।

यी राहत सामग्रीको हस्तान्तरण यही कात्तिक १७ गते जाजरकोटमा गएको भूकम्पपछि नेपाल सरकारलाई सहयोग गर्ने भारत सरकारको प्रयासको एक हिस्साका रुपमा रहेको छ ।

त्रिपाल, टारपोलिन सिट, कम्बल, स्लिपिङ ब्याग, अत्यावश्यक औषधी र चिकित्सा उपकरण सहितको ११ टनभन्दा बढी आपत्कालीन राहत सामग्रीको पहिलो खेप भारतले नेपाल सरकारलाई  कात्तिक १९ गते हस्तान्तरण गरेको थियो ।

वि.सं.२०८० कात्तिक २१ मंगलवार ०६:३८ मा प्रकाशित

You can share this post!

कामीरिता ३०औँ पटक सगरमाथाको शिखरमा, नयाँ कीर्तिमान कायम   

कामीरिता ३०औँ पटक सगरमाथाको शिखरमा, नयाँ कीर्तिमान कायम   

वि.सं.२०८१ जेठ ९ बुधवार १०:०३

काठमाडौँ, ९ जेठ: कामीरिता शेर्पाले ३० औँ पटक सगरमाथा आरोहण...

जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै   

जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै   

वि.सं.२०८१ जेठ ९ बुधवार ०७:०१

म्याग्दी, ९ जेठ: मुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल वारागुुङ मुक्तिक्षेत्र...

आज ९ जेठ २०८१ बुधवार, यस्तो छ आजको राशिफल

आज ९ जेठ २०८१ बुधवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ जेठ ९ बुधवार ०६:२०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’   

४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:५७

म्याग्दी, ८ जेठ : नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा...

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री   

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:०७

काठमाडौँ, ८ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र...

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान   

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:०१

मकवानपुर, ८ जेठ : बागमती मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश...