back
NMB ad

ज्योति विकास बैंकद्वारा भूकम्प पीडितका लागि आर्थिक सहयोग

Kumari bank ad

कर्णाली प्रदेशको जाजरकोट केन्द्रबिन्दु भई मिति २०८० कार्तिक १७ गते शुक्रबार गएको भुकम्पबाट पीडितहरुको उद्धार तथा सहयोगार्थ ज्योति विकास बैंकले जिल्ला प्रशासन कार्यालय जाजरकोट सँग​को समन्वयमा पिडितहरुलाई आर्थिक सहयोग गरेको छ।

सो अन्तर्गत बैंकले जाजरकोट जिल्ला प्रशासन कार्यालयको भुकम्प प्रभावित राहत कोषमा रु. ५ लाख आर्थिक सहयोग गरेको छ। उक्त रकम ज्योति विकास बैंकका तर्फबाट जाजरकोट शाखाका शाखा प्रबन्धक  वीरेन्द्र बहादुर ऐडीद्वारा जाजरकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी  सुरेश सुनार र सहायक प्रमुख जिल्ला अधिकारी  हरिश्चन्द्र शर्मालाई हस्तान्तरण गरिएको हो।

ज्योति विकास बैंकले जाजरकोट स्थित शाखा मार्फत सरल वित्तीय सेवाका साथै संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम मार्फत विभिन्न क्षेत्रमा समन्व्य र सहयोग गर्दै आएको छ। बैंकले आगामी दिनहरुमा पनि जाजरकोटस्थित शाखा कार्यालय मार्फत दिर्घकालिन र दीगो कार्यक्रमहरुलाई निरन्तरता दिने जनाएको छ।

आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको यस विकास बैंक नागरिकको आवश्यकता अनुरुप आवश्यक सहयोग गर्दै आएको छ​। संस्थागत शुशासनलाई शिरोपर गरी ग्राहकवर्ग, कर्मचारी, नियामक निकाय, शेयरधनी र समग्र सरोकारवालाको हक हितमा योगदान पुर्याउने कार्यलाई  ज्योति विकास बैंकले निरन्तरता प्रदान गर्दै आएको छ​।

ज्योति विकास बैंकले हाल १२१ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।

वि.सं.२०८० कात्तिक २१ मंगलवार १७:४८ मा प्रकाशित

You can share this post!

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै   

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै   

वि.सं.२०८१ जेठ ६ आइतवार ११:५९

वागमती, ६ जेठः बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन...

बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट सहजरुपमा कर्जा पाइने

बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट सहजरुपमा कर्जा पाइने

वि.सं.२०८१ जेठ ६ आइतवार ११:५२

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र सिमेक्स इंक प्रा.लि....

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला कति पुग्यो ?

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ जेठ ६ आइतवार ११:४३

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनचाँदीको भाउमा नयाँ रेकर्ड...

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...