back
NMB ad

एमालेका सबै जनसङ्गठन भूकम्पपीडितको सेवामा जुट्ने

Kumari bank ad

काठमाडौँ, २२ कात्तिक : नेकपा (एमाले)का सबै जनसङ्गठनले जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितको सेवामा जुट्ने भएका छन् ।

सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आज भएको जनसङ्गठन समन्वय संयन्त्रको बैठकले अहिलेसम्म गरिएका उद्धार तथा राहतको कामप्रति धन्यवाद दिँदै प्रभावित क्षेत्रमा फैलन सक्ने महामारीप्रति सचेत हुँदै राहतका अघि बढाउने निर्णय गरेको संयन्त्रका प्रमुख भानुभक्त ढकालले बताउनुभयो ।

एमालेका महासचिव शङ्कर पोखरेलको उपस्थितिमा भएको बैठकमा महासचिव पोखरेलले भूकम्पपीडितको सहयोगमा सबै जनसङ्गठन प्रभावकारी रूपमा खट्न निर्देशन दिनुभयो । महासचिव पोखरेलले उहाँले पार्टीका तर्फबाट टेन्टलगायत राहत सामग्रीका विषयमा पहल भइरहेको जानकारी दिँदै तत्काल आवश्यक सामग्री जुटाएर राहत परिचालनमा लगाउनसमेत जनसङ्गठनलाई निर्देशन दिनुभएको थियो ।

एकद्वार प्रणालीबाट राहत वितरण उचित नै भए पनि जिल्ला प्रशासन र स्थानीय तहमा राहत थन्क्याएर तीन दिनसम्म पीडितले नपाउनु चिन्ताजनक व्यवहार भएको बैठकको ठहर गरेको जनाइएकोे छ ।

वि.सं.२०८० कात्तिक २२ बुधवार २१:२० मा प्रकाशित

You can share this post!

एक लघुवित्तको २ लाख १३ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

एक लघुवित्तको २ लाख १३ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ जेठ ७ सोमवार ११:१९

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार एक कम्पनीको बोनस...

अर्थतन्त्र पुनःरुत्थानका लागि लगानीमैत्री बजेटको आवश्यकता   

अर्थतन्त्र पुनःरुत्थानका लागि लगानीमैत्री बजेटको आवश्यकता   

वि.सं.२०८१ जेठ ७ सोमवार ११:१०

चन्द्रप्रसाद ढकाल    काठमाडौँ, ७ जेठ : औद्योगिक उत्पादनमा कमी र...

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, आज कति बढ्यो ?

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८१ जेठ ७ सोमवार ११:०३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनचाँदीको भाउमा नयाँ रेकर्ड...

कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा अधिकारी   

कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा अधिकारी   

वि.सं.२०८१ जेठ ७ सोमवार १०:३२

विराटनगर, ७ जेठ: कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा डा राजेन्द्र...

आठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी   

आठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी   

वि.सं.२०८१ जेठ ७ सोमवार १०:०८

रमेश लम्साल    काठमाडौँ, ७ जेठः सरकारी स्वामित्वको विद्युत् उत्पादन...

आजको मौसम : यी स्थानमा मेघगर्जनसहित वर्षा हुने

आजको मौसम : यी स्थानमा मेघगर्जनसहित वर्षा हुने

वि.सं.२०८१ जेठ ७ सोमवार ०७:१३

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक...