back
NMB ad

चिसोले दुई भूकम्पपीडितको मृत्यु   

Kumari bank ad

जाजरकोट, १ मङ्सिर : चिसोका कारण जाजरकोटमा दुई जना वृद्धको मृत्यु भएको छ । भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्की र बारेकोट गाउँपालिका–४ जिरीका नरेन्द्रबहादुर सिंहको मृत्यु भएको हो ।

कार्की र सिंह दुवै दमका दीर्घरोगी भएको र चिसोका कारण रोगले च्याप्दै गएपछि दुवैको मृत्यु भएको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार भूकम्पपछि घर बस्न नमिल्ने भएपछि जाजरकोटका ३४ हजारभन्दा बढी घरपरिवार त्रिपालमुनि बस्दै आएका छन् ।

त्रिपालमुनिको बसाइँले बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताउनुभयो । उहाँका अनुसार यसअघि गत साता नलगाड–४ मा चिसोका कारण दुई जना दीर्घरोगीको ज्यान गएको थियो ।

प्रजिअ सुनारले चिसोले बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धालाई असर पारेकाले त्यसको आवश्यक व्यवस्थापनका लागि पहल भइरहेको जानकारी दिनुभयो ।

वि.सं.२०८० मंसिर १ शुक्रवार १७:२७ मा प्रकाशित

You can share this post!

धादिङ र चितवनका विकट चेपाङ बस्तीमा प्राधिकरणले बाँड्यो निःशुल्क मिटर

धादिङ र चितवनका विकट चेपाङ बस्तीमा प्राधिकरणले बाँड्यो निःशुल्क मिटर

वि.सं.२०८१ जेठ ६ आइतवार १२:५४

काठमाडौँ, ६ जेठ : अतिसिमान्तकृत चेपाङ समुदायको बाहुल्यता रहेको धादिङ...

मनाङमा आठ महिनामा नौ सय ५० सवारीचालक कारबाहीमा   

मनाङमा आठ महिनामा नौ सय ५० सवारीचालक कारबाहीमा   

वि.सं.२०८१ जेठ ६ आइतवार १२:४३

मनाङ, ६ जेठ : मनाङमा आठ महिनामा नौ सय ५०...

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै   

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै   

वि.सं.२०८१ जेठ ६ आइतवार ११:५९

वागमती, ६ जेठः बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन...

बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट सहजरुपमा कर्जा पाइने

बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट सहजरुपमा कर्जा पाइने

वि.सं.२०८१ जेठ ६ आइतवार ११:५२

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र सिमेक्स इंक प्रा.लि....

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला कति पुग्यो ?

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ जेठ ६ आइतवार ११:४३

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनचाँदीको भाउमा नयाँ रेकर्ड...

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...