back
NMB ad

नेपाल टेलिकमको ‘नमुना सेवा’ सुरु   

Kumari bank ad

जाजरकोट, १० मङ्सिर : जाजरकोट भेरी नगरपालिका–१ रिम्नामा मोबाइल टावर सञ्चालनको तयारी थालिएको छ । नेपाल टेलिकमको केन्द्रीय कार्यालयका प्रबन्ध निर्देशक सङ्गीता पहाडीको नेतृत्वमा भूकम्प प्रभावित क्षेत्रमा अनुगमनलगत्तै टावर सञ्चालनको तयारी थालिएको हो ।

टावर सञ्चालनमा आउने भएपछि उक्त ठाउँमा निःशुल्क सिमसमेत वितरण हुन लागेको नेपाल टेलिकमले जनाएको छ । सदरमुकामअन्तर्गत पर्ने भए पनि फोन नबुझिने समस्या स्थानीयलाई सास्ती भएको थियो ।

नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीमा नयाँ टावर निर्माणका लागि पहल थालिएको निर्देशक पहाडीले बताउनुभयो । उहाँसँगै प्राविधिक टोलीले जिल्लाका सबै ठाउँमा स्थलगत अनुगमन गरी फोन लाग्ने र नलाग्ने ठाउँको पहिचान गर्नुभएको थियो ।

भूकम्पबाट बढी प्रभावित भएका जाजरकोट र रुकुम पश्चिमका साथै अन्य जिल्लामा टेलिकमले नमुना सेवा दिने लक्ष्यसहित स्थलगत अनुगमन गरिएको पहाडीले बताउनुभयो । भूकम्प प्रभावित क्षेत्रमा रहेका टावरको अवस्था र क्षमताको जाँच गरिएको उहाँको भनाइ थियो ।

जाजरकोट–डोल्पा सडक निर्माण कार्यदलका प्रमुख एवं नेपाली सेनाका प्रमुख सेनानी विश्वबन्धु पहाडीले यस क्षेत्रमा सञ्चारको समस्य र समाधानका विषयमा निर्देशक पहाडीको टोलीलाई जानकारी गराउनुभएको थियो । सडक निर्माणका क्रममा रुकुम पश्चिम र जाजरकोट हुँदै डोल्पा पुग्दा सञ्चार अभावका कारण परेका समस्याबारे जानकारी दिँदै नमुना सेवा विस्तार भए सबैको मन जित्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

सञ्चार तथा सूचना प्राविधिमन्त्री रेखा शर्माको निर्देशन तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको आग्रहमा टेलिकमको उच्चस्तरीय टोली गाउँगाउँमा पुगेको थियो । आवश्यक स्थानमा थप टावर निर्माणका लागि पालिकासँग सम्पर्क गरेर प्राविधिक खटाउने व्यवस्था मिलाइएको जनाउँदै अहिले निर्माण भइरहेका टावरबाट गुणस्तरीय र भरपर्दो सेवा दिन लागिएको पहाडीले जानकारी दिनुभयो ।

वि.सं.२०८० मंसिर १० आइतवार १२:३१ मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...