back
NMB ad

वैदेशिक रोजगारीमा ठगिएका १९ जनाको रकम फिर्ता   

Kumari bank ad

तनहुँ, १० मङ्सिर : सुरक्षित आप्रवासन परियोजना (सामी) को पहलमा वैदेशिक रोजगारको सिलसिलामा ठगिएका तनहुँका १९ जनालाई रकम फिर्ता गरिएको छ ।

आर्थिक वर्ष २०७९/८० मा दर्ता भएका ६२ वटा मुद्दामध्ये १९ जनाको ठगिएको रकम फिर्ता गराउन परियोजना सफल भएको हो । रु ३३ लाख ८० हजार रकम पीडित व्यक्तिलाई फिर्ता गराइएको सामी कार्यक्रमकी परामर्शकर्ता गोमा तिवारीले जानकारी दिनुभयो ।

त्यसैगरी करार उल्लङ्घन गरेका वा सम्झौताअनुरुप काम गर्न नपाएका चौबिस घटनामध्ये २३ वटाको सफल कार्य भएको छ । एका दुई घटनाको प्रमाणविहीन रहेकाले प्रक्रिया अघि बढाउन नसकिएको उहाँले बताउनुभयो ।

सम्झौताअनुरुप काम नलगाई अन्य काममा पठाइएका व्यक्तिलाई स्वदेश झिकाइ रु पाँच लाख क्षतिपूर्तिबापतका रुपमा उपलब्ध गराइएको छ । वैदेशिक रोजगारको सिलसिलामा मृत्यु भएका १८ जनाको शवमध्ये नौ जनाको शव नेपाल झिकाउन सफल भएको सो परियोजनाले जनाएको छ ।

मृतकका परिवारलाई रु दुई करोड ९१ लाख चौरासी हजार दुई सय ६१ आर्थिक सहायताका लागि सहजीकरण गरिएको छ । “श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएका व्यक्ति दुर्घटनामा परी घाइते भएका ३४ जनाले रु ५० हजारका दरले आर्थिक सहयोग पाएका छन्”, उहाँले भन्नुभयो, “वैदेशिक रोजगारीमा रहेका परिवारका सदस्यले उक्त सहायता रकम पाउनेछन् ।”

दुर्घटनामा परी घाइते तथा अपाङ्गता भएको अवस्थामा अवस्था हेरी रु एक लाखदेखि रु सात लाखसम्म पाउने व्यवस्था रहेको परामर्शकर्ता तिवारीले बताउनुभयो । “उक्त आवमा रु ५५ लाख ८५ हजार आर्थिक सहायता पाएका छन्”, उहाँले भन्नुभयो, “दुई जनाको मेडिकल फेल भएकाले रु ५० हजारका दरले रु एक लाख प्राप्त गरेका छन् ।”

वि.सं.२०८० मंसिर १० आइतवार १४:५८ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...