back
NMB ad

कर राजश्वमा उच्च योगदान गर्ने व्यक्ति एवं संस्थाहरुलाई नेपाल उद्योग परिसंघको सम्मान

Kumari bank ad
काठमाडौं ।नेपाल उद्योग परिसंघले राष्ट्रिय कर दिवस २०८० को अवसरमा नेपाल सरकारबाट सम्मानित हुनुभएका उच्च करदाताहरुलाई सम्मान गरेको छ । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा कुल १६ जना  (संस्था तथा व्यक्ति) लाई उच्च करदाताको रुपमा सम्मान गरेको थियो ।
सम्मानित मध्ये २ वटा सरकारी लगानी रहेका कम्पनीहरु छन् भने १४ वटा निजी एवं सार्वजनिक क्षेत्रका छन् । परिसंघले निजी एवं सार्वजनिक क्षेत्रका १४ उच्च करदातालाई सम्मान गरेको हो । १४ मध्ये ११ नेपाल उद्योग परिसंघका सदस्यहरु हुनुहुन्छ ।
राष्ट्रिय कर दिवस २०८० को अवसरमा आर्थिक वर्ष २०७८÷७९ मा निर्यात कारोबारमध्येबाट सबैभन्दा बढी कर तिर्ने करदाता डाबर नेपाल प्रा.लि., विशेष उद्योगमध्येबाट सबैभन्दा बढी कर तिर्ने एशियन पेन्टस् प्रा.लि., कृषि एवं पशुपंछीजन्य उद्योगमध्येबाट सबैभन्दा बढी कर तिर्ने ओ.सि.बी. फुड्स एण्ड फिड्स प्रा.लिलाई परिसंघले सम्मान गरेको हो । यस्तै, सहकारी तथा लघुवित्तको कारोबार गर्ने संस्थामध्येबाट सबैभन्दा बढी कर तिर्ने छिमेक लघुवित्त वित्तीय संस्था लि., बैंक वित्तीय संस्थाको कारोबार गर्ने संस्थामध्ये ग्लोबल आइ.एम.ई. बैंक लिमिटेड, बीमा व्यवसायमध्येबाट सबैभन्दा बढी कर तिर्ने लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लि., स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक संस्थामध्येबाट सबैभन्दा बढी कर तिर्ने नोवेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रा.लि., पर्यटन व्यवसायमध्येबाट सबैभन्दा बढी कर तिर्ने मनकामना दर्शन प्रा.लिलाई परिसंघले सम्मान गरेको छ ।
 यसैगरी, वस्तु व्यापारको कारोबारमध्ये सबैभन्दा बढी कर तिर्ने भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर प्रा.लि., उर्जामुलक उद्योगमध्येबाट सबैभन्दा बढी कर तिर्ने भोटेकोशी पावर कम्पनी प्रा.लि., रेमिटेन्स तथा मनि ट्रान्सफरको कारोबार गर्नेमध्येबाट सबैभन्दा बढी कर तिर्ने आईएमई लिमिटेड, व्यक्तिगत आय तर्फ सबैभन्दा बढी कर तिर्ने विजयकुमार शाह, सबैभन्दा बढी कुल आन्तरिक राजस्व दाखिला गर्ने र आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी मूल्य अभिबृद्धि कर दाखिला गर्ने सूर्य नेपाल प्रा.लि.लाई परिसंघले सम्मान गरेको छ ।
आज परिसंघ सचिवालयमा आयोजित सम्मान कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले उच्च करदातालाई सम्मान गर्नुभयो । उहाँले उच्च करदाता हुनु व्यक्तिगत एवं संस्थागत उपलब्धी मात्रै नभएर राज्यप्रतिको महत्वपूर्ण योगदान भएको बताउनुभयो । यो योगदानको कदर गर्दै निजी क्षेत्रको प्रतिनिधिमुलक संस्थाको रुपमा उच्च करदातालाई परिसंघले सम्मान गरेको उहाँले बताउनुभयो ।
उहाँले सरकारबाट सम्मानित उच्च करदातामा निजी क्षेत्रमध्येबाट करिब ७० प्रतिशत परिसंघ सदस्यहरु रहेकोमा परिसंघले गर्व महसुस गरिरहेको बताउनुभयो । साथै उहाँले आगामी वर्षमा समेत यो सफलताका लागि शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा आर्थिक वर्ष २०७८/७९ मा व्यक्तिगत आय तर्फ सबैभन्दा बढी कर तिर्नुभएका परिसंघ गभर्निङ काउन्सिलका सदस्य विजयकुमार शाहले सम्मानित सबैलाई बधाई दिनुभयो । कोभिड महामारी, चुनौतीपूर्ण अर्थतन्त्रका बाबजुद सरकारलाई उच्च कर बुझाउन सकेकोमा आफूले गौरव महसुस गरिरहेको बताउनुभयो । उच्च करदाताको रुपमा सम्मान गर्ने नेपाल सरकार एवं परिसंघलाई उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा परिसंघका गभर्निङ काउन्सिल सदस्य अनुज अग्रवाल, उपाध्यक्षहरु वीरेन्द्रराज पाण्डे, हेम राज ढकाल, अमित मोर, पदाधिकारी सदस्य सन्दिप शारडा, परिसंघको विभिन्न समिति, काउन्सिल तथा फोरमका सभापतिहरु सहभागी हुनुहुन्थ्यो ।

वि.सं.२०८० मंसिर १७ आइतवार १६:४४ मा प्रकाशित

You can share this post!

नाराबाजीबीच प्रधानमन्त्री दाहाललाई चौथो पटक विस्वासको मत प्राप्त

नाराबाजीबीच प्रधानमन्त्री दाहाललाई चौथो पटक विस्वासको मत प्राप्त

वि.सं.२०८१ जेठ ७ सोमवार १३:१४

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट चौथो पटक...

कुमारी बैंकले ल्यायो क्यूआर मर्चेन्टस्हरुलाई कुमारी फोनलोन सुबिधा

कुमारी बैंकले ल्यायो क्यूआर मर्चेन्टस्हरुलाई कुमारी फोनलोन सुबिधा

वि.सं.२०८१ जेठ ७ सोमवार १३:०६

काठमाडौं । कुमारी बैंक लिमिटेडले क्यूआर कोडबाट कारोबार गर्ने आफ्ना...

कांग्रेसको अवरोध असंसदीय : प्रधानमन्त्री दाहाल   

कांग्रेसको अवरोध असंसदीय : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ जेठ ७ सोमवार १२:५६

काठमाडौँ, ७ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानअनुसार प्रधानमन्त्रीले...

युरोप भ्रमणमा रहेकी चित्रकार यादवको फिनल्याण्डमा पनि मिथिला कला प्रदर्शनी

युरोप भ्रमणमा रहेकी चित्रकार यादवको फिनल्याण्डमा पनि मिथिला कला प्रदर्शनी

वि.सं.२०८१ जेठ ७ सोमवार १२:४५

काठमाडौँ । युरोप भ्रमणमा रहनुभएकी मिथिला चित्रकार रन्जु यादवको अर्को...

कांग्रेसको विरोधका बीच प्रधानमन्त्री दाहालद्वारा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस   

कांग्रेसको विरोधका बीच प्रधानमन्त्री दाहालद्वारा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस   

वि.सं.२०८१ जेठ ७ सोमवार १२:३८

काठमाडौँ, ७ जेठ : प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल...

इरानका राष्ट्रपति राईसी चढेको दुर्घटनाग्रस्त हेलिकप्टर भेटियो, विमानमा सवार कोही पनि जीवित नरहेको सम्भावना     

इरानका राष्ट्रपति राईसी चढेको दुर्घटनाग्रस्त हेलिकप्टर भेटियो, विमानमा सवार कोही पनि जीवित नरहेको सम्भावना     

वि.सं.२०८१ जेठ ७ सोमवार १२:३३

तेहरान, ७ जेठ : इरानी उत्तरपश्चिमी क्षेत्रमा दुर्घटनाग्रस्त इरानी राष्ट्रपति इब्राहिम...