back
NMB ad

‘नेपाल भ्रमण वर्ष २०२०’ सफल बनाउन बागलुङका युवाले गरे मोटरसाइकल यात्रा

Kumari bank ad

बागलुङ। आन्तरिक भ्रमण वर्ष २०१९ र सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने उद्देश्यले बागलुङका युवा पर्यटन पर्यटन प्रवर्धनमा जुटेका छन् ।

जिल्लालाई पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्न शनिबार बागलुङ कालिका मन्दिरदेखि पर्यटकीय स्थल गाजाको दहसम्म मोटरसाईकल यात्रा गरिएको छ ।

यात्रामा एक सय बढि मोटरसाईकलमा युवाहरुको सहभागिता रहेको थियो । मोटरसाइकल यात्रा कालिका मन्दिरदेखि, बागलुङ बजार, सिगानको बेसी, बलामकोट, बौडेचौर र चापाखर्क हुँदै गाजाको धुरीमा पुगिएको थियो । यात्रामा सहभागिहरुलाई स्थानीयले फुलमालासहित स्वागत गरेका थिए ।

स्थानीय स्थलहरुको चिनारी गराउन बागलुङमा ‘पहिला गृह जिल्ला, अनि चार किल्ला’ भन्ने नारासहित गाजाको दहसम्म मोटरसाईकल यात्रा गरिएको यात्राका संयोजक एवं सामुदायिक घरबास गाजा दहका अध्यक्ष खिमबहादुर क्षत्रीले बताए ।

जिल्ला पर्यटन विकास समिति बागलुङ र घुमन्ते दि अमेजिन ट्राभल्सको आयोजनामा उक्त कार्यक्रम गरिएको हो ।

सरकारले तय गरेको एक सय पर्यटकीय गन्तव्यहरुको सूचीमा रहेको कालिका मन्दिर र गाजाको दहलाई पर्यटन प्रवद्र्धनमा सहयोग गर्न मोटरसाईकल यात्राले सहयोग पुगेको जिल्ला प्रयर्टन विकास समितिका अध्यक्ष राजु खड्काले बताए ।

सामुन्द्रिक सतहदेखि दुई हजार पाँच सय मिटरको उचाईमा रहेको गाजाको दह तथा चापाखर्कबाट धौलागिरी हिमाल, अन्नपूर्ण हिमाल र निलगरी हिमाललगायतका हिमाहरुको दृश्वअवलोकन गर्न सकिनेछ ।


वि.सं.२०७६ कात्तिक १७ आइतवार ११:५७ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...