back
NMB ad

यू-१९ एसिया कपः नेपाल पाकिस्तानसँग भिड्दै, को-को छन् नेपाली टोलीमा ?

Kumari bank ad

काठमाडौं । आजदेखि एसिसी यू-१९ एसिया कप संयुक्त अरब इमिरियट्स (युएई)मा सुरु हुँदैछ। शुक्रबार नेपालको युवा टिमले पाकिस्तानको युवा टिमसँग प्रतिस्पर्धा गर्दैछ।

समूह ‘ए’मा रहेको नेपालले पाकिस्तान, भारत र अफगानिस्तानसँग खेल्दैछ। दोस्रो चरणमा प्रवेशका लागि नेपालले पाकिस्तान, भारत र अफगानिस्तानका युवा टिमलाई पराजित गर्नुपर्नेछ। नेपालका लागि शुक्रबार बिहान ११ स् १५ बजे सुरु हुने पाकिस्तान विरुद्धको खेल सबैभन्दा महत्त्वपूर्ण हुनेछ। समूह ‘बी’ मा आयोजक युएई, जापान, बङ्गलादेश र श्रीलङ्का छन्।

दोस्रो चरण प्रवेशका लागि नेपालले पाकिस्तान, भारत र अफगानिस्तानका युवा टिमलाई पराजित गर्नुपर्नेछ। समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। नेपाली टोलीले एसिया कपको उपाधिको सपना देखेको छ।

नेपाली टोलीका मुख्य प्रशिक्षक जगत् टमटाले राम्रो खेल्दै उत्कृष्ट नतिजा निकाल्ने विश्वास व्यक्त गरेका छन्। नेपालको युवा टोलीले एक महिनाअघि मलेसियामा सम्पन्न एसीसी यू-१९ प्रिमियर कप उपाधि जितेर एसिया कपमा स्थान बनाएको हो। एसिया कपलाई एक महिनापछि दक्षिण अफ्रिकामा आयोजना हुने आइसिसी यू–१९ विश्वकप तयारीको रूपमा लिइएको छ।

नेपालले अर्को खेल मसिंर २४ गते अफगानिस्तान र २६ गते भारतसँग खेल्नेछ। नेपाल र पाकिस्तानसँगै आजै अफगानिस्तान र भारतबीचको खेल हुँदैछ। नेपालले अर्को खेल मसिंर २४ गते अफगानिस्तान र २६ गते भारतसँग खेल्नेछ। समूह चरणका खेल सकिएपछि मंसिर २९ गते सेमिफाइनलका दुई खेल हुनेछन् भने पुस १ गते फाइनल छ।

यू-१९ नेपाली टोली
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक डुम्रे, हेमन्त धामी, गुलशन झा, दीपेश कँडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहोरा, उत्तम थापामगर, विपिन रावल, तिलक राजभण्डारी, आकाश चन्द र दीपक बोहरा।

वि.सं.२०८० मंसिर २२ शुक्रवार ०६:५१ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...