back
NMB ad

१५ प्रतिशत लाभांश पारित गर्न चिलिमे जलविद्युत कम्पनीले बोलायो साधारण सभा

Kumari bank ad

काठमाडौं। चिलिमे जलविद्युत कम्पनी लिमीटेडले साधारण सभा बोलाएको छ । कम्पनीले लाभांश वितरणको प्रस्तावसहित आगामी पुस २० गते आफ्नो २७ औं वार्षिक साधारणसभा बोलाएको हो ।

सभा पुस २० गते बिहान ११ बजे भृकुटीमण्डपस्थित राष्टिय सभा गृहमा बस्ने भएको छ । सभामा गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजीको ५ प्रतिशतले हुन आउने नगद लाभांश(करसहित) र १० प्रतिशतले हुन आउने बोनस सेयर वितरण गर्ने प्रस्ताव रहेकोछ ।

साथै,सोही आर्थिक वर्षको प्रतिवेदनउपर छलफल गरी पारित गर्ने, सोही अवधिको वासलात, नाफा नोक्सान हिसाब, नगदप्रवाह विवरण र इक्वीटीमा भएको परिवर्तन लगायतका अजेण्डा समेत सभाले पारित गर्नेछ ।

कम्पनीको प्रबन्धपत्र र नियमावली संसोधन गर्ने, सञ्चालक समितिमा रहने २ स्वतन्त्र सञ्चालकहरुको नियुक्ति वा निर्वाचित हुने विषयमा समेत ठोस निर्णय हुने बताइएको छ ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस ८ गते एकदिनका लागि बुक क्लोज गर्नेछ । यसर्थ पुस ७ गतेसम्म कायम सेयरधनीले मात्र उक्त कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन सक्नेछन् ।

वि.सं.२०८० मंसिर २६ मंगलवार १०:०२ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...