back
NMB ad

भारतीय सञ्चारमाध्यममा ‘नेपालमा एम्पियर इलेक्ट्रिक स्कुटरहरूको शोरुम सञ्चालन’ बारे चर्चा

Kumari bank ad

काठमाडौँ । ग्रीभ्स इलेक्ट्रिक मोबिलिटी इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक केडिया इन्टरनेशनल प्रा.लिले नेपालमा इलेक्ट्रिक स्कुटरहरूको पहिलो शोरुम सञ्चालनमा ल्याएसँगैै भारतीय सञ्चारमाध्यमको हेडलाइनको केन्द्रबिन्दु बनेको छ ।

भारतको प्रेस ट्रस्ट अफ इन्डिया नामक अनलाइन सञ्चारमाध्यमले नेपाली बजारको बढ्दो मागलाई सम्बोधन गर्दै  केडिया अर्गनाइजेसनले नेपालमा एम्पीयर इलेक्ट्रिक दुई पाङ्ग्रे सवारी साधनको बिक्री, मार्केटिङ, वितरण र बिक्रीको लागि विशेष आधिकारिक वितरक हुने उल्लेख गरेको छ ।

त्यस्तै अन्य ७३ वटा सञ्चारमाध्यमहरूले पनि केडिया इन्टरनेशनल प्रा।लिले नेपालमा आफ्नो पहिलो शोरुम सञ्चालनमा ल्याई विश्व बजारमा प्रवेश गरेको घोषणा गरेको छ।

ग्रीभ्स इलेक्ट्रिक मोबिलिटी इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक केडिया इन्टरनेशनल प्रा.लिले नेपालमा इलेक्ट्रिक स्कुटरहरूको बुकिङ खुला गरिसकेको छ ।

ग्रीभ्स इलेक्ट्रिक मोबिलिटीले दुई इलेक्ट्रिक स्कुटर मोडल, एम्पीयर प्राइमस र एम्पीयर म्याग्नस इएक्सका लागि बुकिङ खुल्ला गरेको हो ।

हाल एम्पीयरका विद्युतीय स्कुटरहरू टेकु शोरुममा सहज रूपमा उपलब्ध रहेका छन् । कम्पनीले चाँडै नै नेपालभरका प्रमुख सहरहरूमा विस्तार गर्ने जनाएको छ ।

ग्राहकहरूले टेस्ट ड्राइभिङका लागि एम्पीयरको सोसिएल मिडिया प्लाटफर्म माफर्त स्कुटर बुक गर्न सक्छन, बुक गरेपछि टेस्ट ड्राइभिङका लागि कम्पनीका प्रतिनिधि  स्कुटर घरमै लिएर आउनेसक्ने कम्पनीले जनाएको छ  ।

कम्पनीले ग्राहकहरूलाई नेपालमा विद्युतीय सवारी साधनको नयाँ युगको सुरुवात भएको बताउँदै एम्पियरको साथ दिगो, कुशल र स्टाइलिश यातायातको यात्रा सुरु अनुरोध गरेको छ

वि.सं.२०८० मंसिर २६ मंगलवार १६:४१ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...