back
NMB ad

हिमालयन लघुवित्तद्वारा कर्मचारीलाई तालिम प्रदान

Kumari bank ad

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) ले संस्थामा कार्यरत सम्पूर्ण कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उदेश्यले तालिम प्रदान गरेको छ ।

संस्थाले मंसिर २४ देखि ३० गतेसम्म AML/CFT, Client Protection and Program Management तथा अनुगमन अधिकृत तथा केन्द्रीय कार्यालयका कर्मचारीहरुलाई Monitoring, Supervision and Recovery सम्वन्धी तालिम कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमको समापन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले संस्थाले हासिल गरेको प्रगति तथा नतिजा कर्मचारीहरुकै अथक मिहेनत, प्रयास र परिश्रमको फल भएको बताए । उनले संस्थाका सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद सहित बधाई दिंदै नेपालमा लघुवित्त संस्थाहरुले प्रभावकारी रुपमा सेवा प्रदान गरिरहेको परिवेशमा विगत केहि समयदेखि लघुवित्त क्षेत्रमा देखिदै आएको विविध खालको असहज परिस्थितिको बावजुद पनि विचलित नभईकन ग्राहकलाई सर्वोपरीमानि आफ्नो सेवाहरु उच्च मनोवलकासाथ निरन्तररुपमा प्रदान गर्दै बताए ।

कर्मचारीहरुलाई कार्यसम्पादन गर्न निर्देशन दिंदै उनले ग्राहकहरुलाई सेवा प्रदान गर्ने क्रममा बैंक तथा वित्तीय संस्थाहरुबीच तिवप्रतिस्पर्धा रहेको वर्तमान अवस्थामा नीति नियम पूर्वक जिम्मेवारी र गुणस्तर सहितको व्यवसाय गर्दै आएको बताए ।

संस्थामा कार्यरत जनशक्तिको भूमिका प्रमुख रहने भएकोले कर्मचारीहरुको दक्षता तथा क्षमता अभिवृद्धिको लागि संस्थाले यस किसिमका तालिमको आयोजना गरेको र भविष्यमा समेत आवश्यकता अनुसार तालिमहरु प्रदान गर्दै जाने योजना रहेको उनले जानकारी दिए ।

राष्ट्रियस्तरको कार्यक्षेत्र भएको यस संस्थाको हालसम्म ७५ शाखा कार्यालयहरु मार्फत ७६ हजार भन्दा बढी सदस्यलाई लघुवित्तीय सेवाहरु प्रदान गर्दै रु. ९४ करोड बचत संकलन गरी रु. ४ अर्ब ४१ करोड लगानी रहेको संस्थाले जनाएको छ ।

वि.सं.२०८० पुस १ आइतवार १८:०० मा प्रकाशित

You can share this post!

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ जेठ १ मंगलवार १०:५७

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ घटेको छ...

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा, क-कसले दिने आवेदन ?

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा, क-कसले दिने आवेदन ?

वि.सं.२०८१ जेठ १ मंगलवार १०:१७

काठमाडौ । कुमारी बैंकले संस्थापक संस्थापक सेयर बिक्रीमा ल्याएको छ...

कुमारी बैंकका ग्राहकलाई निको बाल अस्पतालमा विशेष छुट

कुमारी बैंकका ग्राहकलाई निको बाल अस्पतालमा विशेष छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १०:०७

काठमाडौं । कुमारी बैंक लिमिटेड र भरतपुर, चितवन स्थित निको...

विश्व बैङ्कले भन्यो-नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

विश्व बैङ्कले भन्यो-नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३७

काठमाडौँ : विश्व बैङ्कले नेपालमा वित्तीय सङ्घीयता कार्यान्वयनको गति मध्यम...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३१

काठमाडौँ, १ वैशाखः हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै...

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:२५

काठमाडौँ, १ जेठ : सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को...