back
NMB ad

चीनको गान्सु भूकम्पमा मृत्यु हुनेको सङ्ख्या १०० नाघ्यो

Kumari bank ad

बेइजिङ, ३ पुस : चीनको गान्सु छिङआइ प्रान्तमा गएको ६.२ म्यागनेच्युडको शक्तीशाली भूकम्पमा परी कम्तीमा १११ जनाको ज्यान गएको सरकारी सञ्चार माध्यामहरूले जनाएका छन् ।

उनीहरूका अनुसार सोमबार राति गान्सु प्रान्तको जातीय काउन्टीमा ६.२ म्याग्नेच्युडको भुकम्प गएको थियो ।

भूकम्पमा परि करिब दुई सय जना घाइते भएको न्युयोर्क टाइम्सले चिनियाँ राज्य मिडियालाई उद्धृत गर्दै उल्लेख गरेको छ ।

राष्ट्रपति सी चिनफिङले वेपत्ताको खोज तथा पीडितहरूको उद्धार गरी प्रभावित जनताको जीउ धनको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित पक्षलाई विशेष निर्देशन दिनु भएको ग्लोबल टाइमम्सले उल्लेख गरेको छ । यसै क्रममा राज्य परिषद्ले भूकम्प राहत मुख्यालय तथा आपत्कालीन व्यवस्था मन्त्रालयले राष्ट्रिय भूकम्प आपतकालीन प्रतिक्रियालाई स्तरोन्नति गरेको छ ।

भूकम्पले घर, सडक तथा अन्य पूर्वाधारमा क्षति पुगेको प्रत्यक्षदर्शीले बताएका छन् । उनीहरूका अनुसार कतिपय स्थानमा विद्युत तथा खानेपानी समेत अवरुद्ध भएको छ ।

प्रान्तीय अग्नि तथा उद्धार विभागले ८८ दमकल, १२ वटा कुकुर परिचालन खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको छ । साथै एक हजारभन्दा बढी उपकरणको प्रयोग गर्दै पाँच सय ८० उद्धार कर्ता खटाएको छ ।

गान्सुका पार्टी प्रमुख हु चाङसेङ र गान्सु गभर्नर रेन झेन्हे उद्धार र राहतको निरीक्षण गर्न विपतग्रस्त क्षेत्रमा पुग्नु भएको छ ।

वि.सं.२०८० पुस ३ मंगलवार १३:३५ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...