back
NMB ad

प्रधानमन्त्री कप महिला क्रिकेट : कोशीले बागमती प्रदेशलाई हरायो   

Kumari bank ad

काठमाडौँ, ६ पुस : प्रधाममन्त्री कप महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले बागमती प्रदेशलाई आठ विकेटले पराजित गर्दै विजयी भएको छ ।

बागमतीले कोशी प्रदेशलाई जीतका लागि ८८ रनको मध्यम लक्ष्य दिएको थियो । जवाफमा कोशी प्रदेशले १८ दशमलव १ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्‍यो । कोशीको जीतमा काजल श्रेष्ठले सर्वाधिक ४१ रनको योगदान दिइन् । उनले ५१ बल खेल्दै तीन चौका र एक छक्काको मद्दतमा ४१ रन बनाएकी हुन् ।

कोशी प्रदेशकी अर्की खेलाडी अपसरी बेगमले पनि समान ४१ रन बनाइन् । उनले ५४ बल खेल्दै चार चौका र एक छक्काको मद्दतमा ४१ रन बनाएकी हुन् । कप्तान रुविना क्षेत्रीले दुई रन बनाइन् । बलिङतर्फ बागमतीकी संस्कृति फुयाँल र सोनी पाख्रिनले समान एक/एक विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले व्याटिङको निम्तो पाएको बागमतीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ८७ रनको योगफल बनाएको थियो ।

बागमतीका लागि यशोधा विष्टले सर्वाधिक ४१ रनको योगदान दिइन् । उनले ५४ बल खेल्दै चार चौकाको मद्दतमा ४१ रन बनाएकी हुन् । त्यस्तै अस्मीना कमचार्यले २४ रन बनाइन् । त्यसबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । कञ्चन श्रेष्ठले ८ रन जोडिन भने सोनी पाख्रिन र खुसी डङ्गोलले समान तीन/तीन जोडे ।

बलिङतर्फ कोशी प्रदेशकी अपसरी बेगम र सबनम राइले समान दुई/दुई विकेट लिए भने सङ्गीता राईले एक विकेट लिइन् । यस जीतसँगै कोशी प्रदेशले प्रतियोगितामा लगातार दोस्रो जीत दर्ता गराएको छ । हिजो भएको पहिलो खेलमा कोशीले कर्णाली प्रदेशलाई १० विकेटले हराएको थियो । यता बागमतीको भने यो पहिलो हार हो । हिजो भएको खेलमा बागमतीले मधेस प्रदेशलाई पराजित गरेको थियो ।

वि.सं.२०८० पुस ६ शुक्रवार १३:०१ मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

वि.सं.२०८१ जेठ ७ सोमवार १८:००

काठमाडौं । महालक्ष्मी विकास बैंक आज २०८१ जेष्ठ ७ गतेदेखि...

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

वि.सं.२०८१ जेठ ७ सोमवार १७:४३

काठमाडौँ, ७ जेठ : चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले...

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

वि.सं.२०८१ जेठ ७ सोमवार १७:१६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का...

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:३९

हेमन्त केसी काँक्रेविहार (सुर्खेत), ७ जेठ : जगदुल्ला जलविद्युत् आयोजनाले...

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:१९

भेरीगङ्गा (सुर्खेत), ७ जेठ : दैलेखबाट सुर्खेत आउँदै गरेको बस...

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ७ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...