back
NMB ad

मध्य–मस्र्याङ्दीको विद्युत् उत्पादन घट्यो   

Kumari bank ad

लमजुङ, ९ पुस : लमजुङको बेँसीसहर नगरपालिका–१ दलालस्थित ७० मेगावाट क्षमताको मध्य–मस्र्याङ्दी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन घटेको छ । मस्र्याङ्दी नदीमा पानीको मात्रा घटेपछि हाल आयोजनाबाट ४० मेगाावाट मात्र बिजुली उत्पादन भइरहेको छ ।

मध्य–मस्र्याङ्दी जलविद्युत् आयोजनाका प्रमुख पवन बस्नेतका अनुसार मस्र्याङ्दीमा आयोजनालाई आवश्यक पानी नहुँदा ३० मेगावाट बिजुली उत्पादन घटेको हो । गत मङ्सिरको सुरुवातदेखि नै विद्युत् उत्पादन घट्न थालेको उहाँले बताउनुभयो । “आगामी फागुनसम्म नै बिजुली उत्पादन घट्दै जाने देखिन्छ”, उहाँले भन्नुभयो ।

मध्य–मस्र्याङ्दी आयोजना सन् २००८ मा निर्माण सम्पन्न भएको हो । उक्त आयोजना रु २७ अर्ब २० करोडको लागतमा निर्माण सम्पन्न भएको हो । जिल्लामा पिपुल हाइड्रोपावर कम्पनीले निर्माण गरेको दोर्दी गाउँपालिका–६ ढोडेनीस्थित ५४ मेगावाट क्षमताको सुपरदोर्दी ‘ख’ आयोजनाबाट १८ मेगावाट मात्र विद्युत् उत्पादन भइरहेको आयोजनाका साइट इन्चार्ज रमेश सिग्देलले जानकारी दिनुभयो ।

यस्तै मस्र्याङ्दी गाउँपालिकास्थित भुलभुलेमा ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत्, दोर्दी कोरिडोरमा रहेको हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीले निर्माण गरेको २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत्, दोर्दी गाउँपालिका–६ ढोडेनीमा लिवर्टी इनर्जी हाइड्रोपावरले निर्माण गरेको २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ आयोजना, चार दशमलव चार मेगावाटको राँधी, तीन मेगावाटको मिदिम करापु तथा दुई मेगावाटको छ्याङ्दी आयोजनाबाट बिजुली उत्पादन कम हुन थालेको बताइएको छ ।

वि.सं.२०८० पुस १० मंगलवार ०७:२३ मा प्रकाशित

You can share this post!

सन्दीप लामिछानेले पाए सफाई, फेरि क्रिकेटमा फर्किन योग्य

सन्दीप लामिछानेले पाए सफाई, फेरि क्रिकेटमा फर्किन योग्य

वि.सं.२०८१ जेठ २ बुधवार १७:१७

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा...

उप्रधानमन्त्री लामिछाने र स्वीडेनका राजदूत थेलेफबीच भेटवार्ता   

उप्रधानमन्त्री लामिछाने र स्वीडेनका राजदूत थेलेफबीच भेटवार्ता   

वि.सं.२०८१ जेठ २ बुधवार १७:०१

काठमाडौँ, २ जेठ : उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसँग नेपालका...

मर्यादित संसदीय अभ्यासका लागि एमाले समर्पित छ : अध्यक्ष ओली   

मर्यादित संसदीय अभ्यासका लागि एमाले समर्पित छ : अध्यक्ष ओली   

वि.सं.२०८१ जेठ २ बुधवार १६:५५

काठमाडौँ, २ जेठ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष...

आगामी ५ वर्षमा आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याउने लक्ष्य   

आगामी ५ वर्षमा आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याउने लक्ष्य   

वि.सं.२०८१ जेठ २ बुधवार १६:५०

काठमाडौँ, २ जेठ : आगामी पाँच वर्षमा मुलुकको आर्थिक वृद्धिदर...

सोह्रौँ योजना कार्यान्वयन गर्न अनुमानित लागत एक सय ११ खर्ब अनुमान  

सोह्रौँ योजना कार्यान्वयन गर्न अनुमानित लागत एक सय ११ खर्ब अनुमान  

वि.सं.२०८१ जेठ २ बुधवार १६:४६

काठमाडौँ, २ जेठ : सोह्रौँ योजना कार्यान्वयनका लागि करिब रु...

एनसेलद्वारा ‘फाइभजी भिजन’मा आधारित ‘सधैँ अन’ योजना सार्वजनिक   

एनसेलद्वारा ‘फाइभजी भिजन’मा आधारित ‘सधैँ अन’ योजना सार्वजनिक   

वि.सं.२०८१ जेठ २ बुधवार १६:४०

काठमाडौँ, २ जेठ : निजी क्षेत्रको टेलिकम्युनिकेसन सेवा प्रदायक कम्पनी...