back
NMB ad

डेडिकेटेड लाइनको समस्या चाँडै समाधान हुन्छ : अर्थमन्त्री महत   

Kumari bank ad

मोरङ, १६ पुस : अर्थमन्त्री डा प्रकाशशरण महतले नेपाल विद्युत् प्राधिकरण र उद्योगीबीचको विद्युतको ‘डेडिकेटेड लाइन’का सम्बन्धमा रहेको अन्यौल चाँडै समाधान हुने जानकारी दिनुभएको छ

मोरङ व्यापार सङ्घद्वारा विराटनगरमा सञ्चालित १० दिने एक्स्पो–२०२३ समापन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले सरकार निजी क्षेत्र मैत्री रहेकाले सम्झौता भएको छ कि छैैन सबै यथार्थका आधारमा प्राधिकरण र उद्योगीबीच रहेको समस्याको समाधान निकालिने बताउनुभयो ।

अर्थमन्त्री डा महतले सरकारले विदेशी सहयोगलाई पुनः संरचना गर्ने नीति लिएको जनाउँदै अत्यावश्यक एवं प्रतिफल दिने क्षेत्रमा मात्र विदेशी सहयोग र ऋण लिने जानकारी दिनुभयो । उहाँले आगामी वैशाखमा सरकारले अन्तरराष्ट्रिय लगानी सम्मेलन आयोजना गर्ने जानकारी दिँदै मुलुकको अर्थतन्त्रलाई सुदृढ बनाउन मुख्य चार क्षेत्र जलविद्युत्, सूचना प्रविधि, पर्यटन र कृषि क्षेत्रको आधुनिकीकरण गर्ने नीति लिएको बताउनुभयो ।

अर्थमन्त्री डा महतले निजीकरण समितिको चाँडै बस्ने बैठकले मुलुकमा बन्द भएका उद्योगहरुलाई निजी क्षेत्रलाई संलग्न गराएर जमिन चै राज्यको रहनेगरी सञ्चालन गर्ने जानकारी दिनुभयो ।

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले मुलुकको आर्थिक चलायमन गराउन बैङ्कले उद्योग प्रवद्र्धनमा सहयोग गर्नुपर्ने सुझाव दिनुभयो ।

सङ्घका अध्यक्ष नवीन रिजाल र पूर्वअध्यक्ष प्रकाश मुन्दडा र नेपाल उद्योग परिसङ्घ प्रदेश अध्यक्ष पवन शारदाले उद्यमीहरुका समस्या समाधानका लागि सरकारले आवश्यक सहयोग गर्न आग्रह गर्नुभयो । एक्स्पो यही पुस ६ गतेदेखि विराटनगर–२ मुनालपथमा सञ्चालन भएको थियो ।

वि.सं.२०८० पुस १६ सोमवार २१:१७ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...