back
NMB ad

शिवम् सिमेन्ट्ससहित ७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनले कति दिंदैछ ?

Kumari bank ad

काठमाडौं । आज पुस १८ गते, बुधबार, शिवम् सिमेन्ट्ससहित ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ शिवम् सिमेन्ट्स, नेपाल टेलिकम (एनटिसी), ग्लोबल आइएमई लघुवित्त, मुक्तिनाथ विकास बैंक, महालक्ष्मी विकास बैंक, लक्ष्मी सनराइज बैंक र बुटवल पावर कम्पनीले भोली अर्थात पुस १९ गते बुकक्लोज गर्ने भएका छन्।

यसर्थ आजसम्म नेप्सेमा कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा भाग लिन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

शिवम् सिमेन्ट्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश गरी जम्मा १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। सोही लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २७ गते शुक्रबार राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौँमा आठौँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान ९ बजे शुरु हुनेछ।

नेपाल टेलिकम (एनटिसी)ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरलाई प्रतिशेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले पुस २९ गते, राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौँमा १६ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान ११ बजे शुरु हुनेछ।

त्यस्तै, लक्ष्मी सनराइज बैंकले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३७ प्रतिशत नगद लाभांश गरी कुल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले पुस २६ गते बिहीबार, दिउँसो २ बजे अग्रवाल भवन, कमलपोखरी, काठमाडौमा २३ औँ वार्षिक साधारण सभा बोलाएको छ।

मुक्तिनाथ विकास बैंकले हाल कायम चुक्ता पूँजीको ९.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५१३२ प्रतिशत नगद लाभांश गरी जम्मा १०.२६३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। सोही प्रस्ताव पारित गर्न बैंकले पुस २८ गते, सिटी स्क्वायर, न्यूरोड, पोखरामा १७ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा दिउँसो १ बजे शुरु हुनेछ।

महालक्ष्मी विकास बैंकले शेयरधनीहरुलाई चुक्ता पूँजीको ६.४० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। सोही प्रस्ताव पारित गर्न पुस २८ गते, लैनचौर ब्याङ्क्वेट, नेपाल स्काउट कम्पाउण्ड, लैनचौर, काठमाडौँमा २२ औँ वार्षिक साधारण सभा बोलाएको छ।

त्यसैगरी, ग्लोबल आइएमई लघुवित्तले कर प्रयोजनसहित हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ । सोही प्रस्ताव पारित गर्न पुस २९ गते, बेस्ट रिसोर्ट नेपाल प्रा.लि., लेकसाइड पोखरामा ११ औँ वार्षिक साधारण सभा बोलाएको छ।

त्यस्तै, बुटवल पावर कम्पनीले गत आ.वको मुनाफाबाट ५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । कम्पनीले पुस २९ गते साधारणसभा बोलाएको छ।

वि.सं.२०८० पुस १८ बुधवार ०७:०९ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...