back
NMB ad

हुम्लामा एम्बुलेन्सको नयाँ भाडा कायम

Kumari bank ad

सिमकोट (हुम्ला), २१ पुस : जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लामा रहेका एम्बुलेन्सको नयाँ भाडा कायम गरिएको छ । सिमकोट, खार्पुनाथ र उत्तरी नाम्खा गाउँपालिकाका सडक पुगेका बस्तीमा सञ्चालित एम्बुलेन्सको भाडादरमा एकरुपता ल्याउन किलोमिटरका आधारमा भाडा कायम गरिएको हो ।

एम्बुलेन्स सञ्चालक समितिसहित प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलको अध्यक्षतामा बसेको बैठकले सडक पुगेका बस्तीहरुमा बिरामी ल्याउनका लागि एम्बुलेन्सको भाडा कायम गरिएको हो ।

स्वास्थ्य सेवा कार्यालयअन्तर्गत जिल्ला अस्पतालबाट तीन गाउँपालिकाका विभिन्न बस्ती र सदरमुकामभित्र प्रतिकिमीका आधारमा भाडा निर्धारण गरिएको कार्यालयका प्रमुख प्रेम सिंहले बताउनुभयो । सदरमुकामबाट जिल्लाको उत्तरी नाम्खा गाउँपालिका–६ को लिमीका बस्तीबाट बिरामी ल्याउन रु ३२ हजार भाडा तोकिएको उहाँले जानकारी दिनुभयो । यो सबैभन्दा बढी भाडा लाग्ने स्थान हो ।

सिंहका अनुसार सदरमुकाम तथा बजार भित्रबाट जिल्ला अस्पतालमा बिरामी पु¥याउँदा रु एक हजार भाडा लाग्ने छ । “सदरमुकामदेखि बुराउँसेसम्म रु एक हजार पाँच सय, ठेहे तीन हजार, बरगाउँ रु दुई हजार पाँच सय, दोजाम रु पाँच हजार पाँच सय, डाडाफया रु दुई हजार तीन सय, हेप्का रु तीन हजार, खार्पुनाथ रु तीन हजार छ सय, याल्वाङ रु नौ हजार, याङ्गार रु नौ हजार आठ सय, मुचु रु १० हजार पाँच सय, लिमाटाङ रु दुई हजार पाँच सय, खगालगाउँ रु चार हजार पाँच सय, हिल्सा रु ३० हजार, तुम्कोट रु ११ हजार, यारी रु १३ हजार पाँच सय, चौगनफया रु पाँच हजार पाँच सय, धारापोरी रु पाँच हजार पाँच सय, केर्मी रु छ हजार आठ सय, लाग्ना रु एक हजार पाँच सय, तोर्पा रु तीन हजार भाडा कायम गरिएको छ”, उहाँले भन्नुभयो ।

जिल्ला अस्पतालका सिनियर अनमी सरीता बोहराले गन्तव्यसम्मको भाडा असुल गर्दा अनिवार्य रुपमा बिल दिनुपर्ने र तोकिएभन्दा बढी भाडा लिन नपाइने जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला अस्पताललाई गत वर्ष भारतीय दूतावासद्वारा उपहारस्वरुप एम्बुलेन्स सहयोग प्राप्त भएको थियो ।

सिमकोट–२ ठेहे गाउँका गणेश रावल स्वास्थ्य सेवा कार्यालयमा एम्बुलेन्स चालकका रुपमा कार्यरत हुनुहुन्छ । बिरामीको सेवाका लागि आफू जतिखेर तयारी अवस्थामा रहने उहाँले बताउनुभयो । एम्बुलेन्सको भाडामा एकरुपता आएसँगै बिरामीका आफन्तसँग भाडाका विषयलाई लिएर हुने वादविवाद अन्त्य भएको उहाँको भनाइ थियो ।

वि.सं.२०८० पुस २१ शनिवार १७:४० मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

वि.सं.२०८१ जेठ ७ सोमवार १८:००

काठमाडौं । महालक्ष्मी विकास बैंक आज २०८१ जेष्ठ ७ गतेदेखि...

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

वि.सं.२०८१ जेठ ७ सोमवार १७:४३

काठमाडौँ, ७ जेठ : चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले...

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

वि.सं.२०८१ जेठ ७ सोमवार १७:१६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का...

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:३९

हेमन्त केसी काँक्रेविहार (सुर्खेत), ७ जेठ : जगदुल्ला जलविद्युत् आयोजनाले...

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:१९

भेरीगङ्गा (सुर्खेत), ७ जेठ : दैलेखबाट सुर्खेत आउँदै गरेको बस...

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ७ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...