back
NMB ad

उडानका क्रममा विमानको झ्याल फुटेपछि आपतकालीन अवतरण   

Kumari bank ad

वासिङ्टन, २१ पुस  : अमेरिकाको ओरेगन राज्यमा १७७ जना यात्रु बोकेको अलास्का एयरलाइन्सको विमानलाई शुक्रबार आपतकालीन अवतरण गराइएको छ ।

‘फ्लाइट १२८२’ को विमान पोर्टल्याण्ड अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयअनुसार साँझ ५ः०० बजे उडेको र विमानमा ‘चालक दलले चापको समस्या भएको रिपोर्ट गरेपछि’ सुरक्षित रूपमा फर्काइएको थियो,” सङ्घीय उड्ययन प्रशासनले एक्स (ट्वीटरमा)मा लेखेको छ ।

सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्बिरमा विमानको झ्यालको शिशा फुटेको र छतमा इमर्जेन्सी अक्सिजन मास्क झुण्डिएको देखिएको छ ।

विमानमा सवार यात्रु काइल रिङ्करले सिएनएनलाई बताएअनुसार उडान भरेको केही बेरमै झ्याल फुटेको थियो ।

“यो वास्तवमा अचानक थियो । झ्याल भर्खरै बन्द भएको र विमान भर्खर उचाईमा पुगेको थियो । अक्सिजन मास्क बन्द नभएसम्म यसलाई महशुस गरिएन,” उहाँले सीएनएनसँग भन्नुभयो ।

अर्का यात्रु भि गुयेनले न्युयोर्क टाइम्सलाई बताएअनुसार उडानका क्रममा आएकोे चर्को आवाजले उहाँलाई ब्यूँझाएको थियो ।

“मैले आँखा खोल्दा सबैभन्दा पहिले मेरो अगाडि अक्सिजन मास्क देखेँ”, गुयेनले न्युयोर्क टाइम्ससँग भन्नुभयो, “त्यसपछि मैले बायाँतिर हेर्दा विमानको झ्यालको शिशा थिएन ।”

“जव मैले घटनालाई नजिकबाट देखेँ, पहिलो कुरा त मैले सोचें, ‘म मृत्युको मुखमा जाँदैछु’,” उहाँले थप्नुभयो ।

राष्ट्रिय यातायात सुरक्षा बोर्ड, एफएए र अलास्का एयरलाइन्सले घटनाको अनुसन्धान गरिरहेको बताउनुभएको छ ।

“छ जना चालक दलका सदस्यसहित १७१ जना यात्रु लिएर विमान पोर्टल्याण्ड अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण गरेको छ,” एयरलाइन्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

“यस प्रकारको घटना विरलै हुने भए तापनि हाम्रो विमानका चालक दललाई तालिम दिइएको थियो र स्थितिलाई सुरक्षित रूपमा व्यवस्थापन गर्न तयार पारिएको थियो,” विज्ञप्तिमा भनिएको छ ।

बोइङ ७३७ म्याक्स ९ विमानले क्यालिफोर्नियाको ओन्टारियोका लागि साँझ ५ः०७ बजे उडान भरेको थियो भने करिब २० मिनेटपछि विमानस्थलमा फर्किएको ‘फ्लाइट ट्रयाकिङ वेबसाइट (फ्लाइटअवेयर)’ले जनाएको छ ।

फ्लाइटअवेयरका अनुसार यसलाई अक्टोबरमा एयरवर्थी प्रमाणित गरिएको थियो।  बोइङले थप जानकारी सङ्कलन भइरहेको र प्राविधिक टोली अनुसन्धानका लागि सहयोग गर्न तयार गरिएको छ ।

वि.सं.२०८० पुस २१ शनिवार १७:४७ मा प्रकाशित

You can share this post!

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १५:१५

काठमाडौँ, ११ जेठ : डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको...

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:५७

काठमाडौँ, ११ जेठः नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव...

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:३६

गलेश्वर (म्याग्दी), ११ जेठ : हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित निलगिरि...

कार्यसूचीमा प्रवेश नै नगरी राष्ट्रियसभा बैठक स्थगित   

कार्यसूचीमा प्रवेश नै नगरी राष्ट्रियसभा बैठक स्थगित   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १३:५१

काठमाडौँ, ११ जेठः राष्ट्रियसभाको आजको बैठक कार्यसूचीमा प्रवेश नै नगरी...

इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने   

इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १३:४२

मङ्गलबारे (इलाम), ११ जेठ : इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने...

बुद्ध पूर्णिमाः लुम्बिनीमा दर्शनाथीको घुइँचो, व्यवस्थापन गर्न कोषलाई हम्मेहम्मे   

बुद्ध पूर्णिमाः लुम्बिनीमा दर्शनाथीको घुइँचो, व्यवस्थापन गर्न कोषलाई हम्मेहम्मे   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १३:३१

भैरहवा (रुपन्देही), ११ जेठः २५६८औँ बुद्ध जयन्तीका अवसरमा लुम्बिनीका विभिन्न...